२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

जनयुद्धमा सहभागी हुँदा पनि पश्चाताप थिएन, पुटिनको सिपाही हुँदा पनि गुनासो छैन

प्रिय साथीहरू

सार्वजनिक रुपमा एउटा जानकारी 

म रसियन सेनामा भर्ती भएको भन्ने जानकारी पाएपछि नेपाली मुलधारका मिडिया (कान्तिपुर, अनलाइनखबर,रातोपाटी, शिलापत्र आदी)मा आवद्ध मिडियाकर्मी साथीहरूबाट त्यहाँको अवस्थाबारे केही बोल्दिनुपर्‍यो भनेर धेरै नै अनुरोध गरिरहनु भएको छ ।

यसबारे यहाँ आएका अरू साथीहरूले के बोल्छन, के गर्छन् त्यो उनीहरूको विषय भयो । तर म सार्वजनिक रुपमा के भन्न चाहन्छु भने हिजो जनयुद्धमार्फत राज्यसत्ताको आमुल परिवर्तनको लागि बन्दुक बोकेर झण्डै एक दशक रगत/पसिना बगाइयो ।

जनयुद्धमा सहभागी हुँदा डाइमण्ड ।

अंशमा केही परिवर्तन त भयो तर समग्रमा दलाल राज्यसत्ताको मुल चरित्रलाई विस्थापित गर्न सकिएन परिणामत आज पनि सत्ता/शक्तिको वरिपरि केही मुठ्ठीभर दलाल पुँजीपतिहरूकै जगजगी छ, परिवर्तनको लागि दशकौँ योगदान गरेका हजारौं योद्वाहरू आज परिवार पाल्नकै लागि विदेशका गल्ली गल्लीमा भौतारिनुपर्ने बाध्यात्मक परिस्थिति सृजना भएको छ ।

जनयुद्धमा सहभागी हुँदा डाइमण्ड ।

यहि कारण उच्च जोखिम छ भन्ने थाहा हुँदाहुँदै पनि आफ्नै स्वेच्छाले यहाँ आएर रुसी सेनामा भर्ती भइएको छ । पृष्ठभूमि, कथा/व्यथा भिन्नभिन्न होलान तर बाध्यताले दोहोर्‍याएका हजारौं नेपाली युवाहरू अहिले रसियन सेनामा भर्ती भई युद्ध मोर्चामा खटिइरहनु भएको छ । युद्धरत देशको (यो सामान्य सैनिक जागिर जस्तो होइन) सैन्य फौजमा कार्यरत रहँदा सकारात्मक/नकारात्मक सबै विषय अनुभुत गर्न सकिन्छ । यद्यपि यी विषय सार्वजनिक गर्ने कुरा एक जिम्मेवार सिपाहीको अनुशासनको दायराभित्र पर्दैन भन्नेमा म एकदमै सचेत छु ।

जनयुद्धमा सहभागी हुँदा साथीहरूसँग डाइमण्ड ।

युद्धरत देशको सिपाहीको मुख्य जिम्मेवारी के हो ? युद्ध मैदानमा प्रवेश गरिसकेपछि के-के हुन्छ ? के-के गर्नुपर्छ ? के-के भोग्नुपर्छ ? सैन्य संठगभित्र के गर्न पाइन्छ/के गर्न पाइन्‍न ? सैन्य कानुन/अनुशासन के कस्तो हुन्छ भन्नेमा मिडियाकर्मी मित्रहरू पक्कै पनि अनविज्ञ हुनुहुन्न तसर्थ विषयवस्तुलाई यसरी सरल रुपमा बुझिदिनुहुन म विशेष आग्रह गर्दछु ।

जनयुद्धमा सहभागी हुँदा साथीहरूसँग डाइमण्ड ।

युद्धको क्रममा हुने कतिपय सानातिना घटनालाई आधार बनाएर सामाजिक सञ्जाल/मिडिया हाउसहरूमार्फत रुसविरुद्ध भ्रामक प्रचार गर्ने अमेरिकी/युरोपियन गठबन्धन एवम् तिनका एजेन्टहरूको मतियार बन्न सकिन्न । न त हिजो आफ्नै देशको जनयुद्धमा सहभागी भएर बन्दुक बोकेकोप्रति कुनै पश्चाताप छ, न त आज भिन्न उदेश्यसहित लेनिनको देशमा पुटिनको सिपाहीको रुपमा बन्दुक बोकेकोप्रति कुनै गुनासो छ ।

रूसी सेनामा भर्ती भएका डाइमण्ड ।

आफ्नो स्वेच्छाले रोजेको यात्रा गन्तव्यहीन र अर्थहीन कहिल्यै लाग्दैन । जोखिमपूर्ण यात्राको पाइला-पाइलामा चुनौति त छ नै यद्यपि हार कहिल्यै मानिँदैन, गन्तव्यमा पुग्ने आत्मविश्वास यथावत् छ ।

रूसी सेनामा भर्ती भएका डाइमण्ड ।

अन्त्यमा
सयौं साथीहरूले रसिया भर्ती हुन आउनुपर्‍यो, के कसरी हो ? च्यानल मिलाइदिनुपर्‍यो भनेर म्यासेज गरिराख्नु भएको छ । एक-एक गरेर सबैलाई जवाफ दिन सम्भव भएन तसर्थ यसै सार्वजनिक सूचनामार्फत जानकारी- यहाँ अहिले भर्ती बन्द छ, दलालहरूको भ्रममा नपर्नुहोला । धन्यवाद

(लेखक पूर्वजनमुक्ति सेना हुन् । रूसी सेनामा उनले उक्त कुरा फेसबुकबाट सार्वजनिक गरेका हुन् ।)

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com