२०८१ बैशाख १८ - Tue Apr, 2024 -

Janasewa News

शेखर समूहको बैठक बस्दै, महामन्त्री थापा सहभागी हुन्छन् ?

काठमाडौँ- नेपाली कांग्रेसको संस्थापनइतर पक्षको बैठक आज बस्ने भएको छ । आज दिउँसो १ बजे बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बैठक बस्ने छ । नेता डा. शेखर कोइरालाले यसअघि मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बुधबार सोही समयका लागि सारेका थिए ।

कोइरालाले आफूसँग परामर्श नगरी मंगलबार बैठक बोलाएको भन्दै महामन्त्री गगन थापा सहभागी नहुने भएपछि बैठक आजका लागि सारिएको थियो । आजको बैठकमा भने महामन्त्री सहभागी हुने कोइराला पक्षका एक नेताले बताए ।

बैठकमा आगामी २९ गते बस्ने पार्टीको कार्यसम्पादन समिति बैठक आगामी पुस १६-१९ का लागि तय भएको महासमिति बैठकमा राष्ट्रियसभा निर्वाचनलगायत विषयमा छलफल हुने छ।

कांग्रेस सभापति शेरबहादुर देउवाले जाडो बढेकाले राष्ट्रियसभा निर्वाचनको तयारी र आन्तरिक तयारी नपुगेको भन्दै महासमिति बैठक फागुनमा सार्ने प्रस्ताव गरेकोमा शीर्ष नेता सहमत देखिन्छन् ।

यस्तै आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनमा गठबन्धन र पार्टीको आन्तरिक भागबण्डाबारे इतर समूहले आज आफ्नो रणनीति बनाउने बताइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com