२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सेवा लम्साल सचिवमा बढुवा, बनिन् पहिलो महिला परराष्ट्र सचिव

२८ असोज, काठमाडौं । सरकारले सेवा लम्साललाई परराष्ट्र सचिवमा नियुक्त गरेको छ । परराष्ट्र मन्त्रालयका सचिव भरतराज पौड्याललाई क्यानडाका राजदूत सिफारिस भएपछि लम्सालले निमित्त परराष्ट्र सचिवको रूपमा जिम्मेवारी सम्हालिरहेकी थिइन् ।

लोकसेवा आयोगका अध्यक्ष माधव रेग्मीको अध्यक्षताको बढुवा सिफारिस समितिले लम्साललाई पराष्ट्र सेवाको सेवा समूहीकरणतर्फको राजपत्राकिंत विशिष्ट श्रेणीमा नियुक्त गर्न सिफारिस गरेको थियो । उनको एकल नाम सिफारिस भएकाले उनी बढुवा हुने निश्चित थियो ।

बिहीबारको मन्त्रिपरिषद बैठकले लम्साललाई परराष्ट्र मन्त्रालयमा पदस्थापन गर्ने गरी सचिवमा बढुवाको निर्णय गरेको हो ।

योसँगै लम्साल नेपालको परराष्ट्र मन्त्रालयमा पहिलो महिला सचिव बनेकी छिन् । लम्सालसँगै नेपाल सरकारको सचिवमा ९ जना महिला सचिव पुगेका छन् ।

२०५५ सालमा शाखा अधिकृतबाट सरकारी सेवा थालेकी लम्सालले उपसचिवबाट परराष्ट्र समूहमा प्रवेश गरेकी थिइन् ।

२०७७ सालपछि मन्त्रालयको प्रवक्ता समेत बनेकी उनले पछिल्लोपटक पाकिस्तानमा नेपाली राजदूतका रुपमा काम गरेकी थिइन् । ताजकिस्तान, तुर्केमेनिस्तान, उज्वेकिस्तान इरान, टर्की, कीर्गिस्तानमा समेत उनी राजदूत थिइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com