२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

मलाई अझ धेरै भ्रष्टाचार र माफियामाथि हान्न मन छ : प्रम दाहाल

 

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहालले आफूलाई अझै धेरै भ्रष्टाचार र माफियामाथिको छानबिन अघि बढाउने चाहना भएको बताएका छन् ।​ मंगलबार राज्य व्यवस्था तथा सुशासन समितिमा बोल्दै प्रधानमन्त्री दाहालले आफूले चाहे जस्तो गरी काम गर्न नसकेको बताएका हुन् । उनले सुशासन, सामाजिक न्याय र समृद्धिको पक्षमा आफूले प्रतिबद्धता गरेअनुसार काम गर्न नसकेको जिकिर गरे ।

प्रधानमन्त्री दाहालले आफूले नेपालको अन्तर्राष्ट्रिय छविलाई पनि माथि उठाएको दाबी गरे । आफू नेपालको कूटनीतिक अवस्था, सन्तुलन र राष्ट्रिय हितलाई केन्द्रमा राखी आक्रामक ढंगले अगाडि बढेको पनि उनको भनाइ छ ।

प्रधानमन्त्री दाहालले विभिन्न प्रकरणहरूको प्रकृतिअनुरूप कारबाही प्रक्रिया पनि अगाडि बढाइएको उल्लेख गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com