२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

सुप्रिमो सहकारीसँग मेरो कुनै कारोबार र संलग्नता छैन : रवि लामिछाने

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा) का सभापति रवि लामिछानेले बुटवलकाे सुप्रिमो सहकारीसँग आफ्नो कुनै संलग्नता नरहेको बताएका छन् । उनले उक्त सहकारीमा आफ्नो कुनै खाता नभएको आफू बचतकर्ता पनि नभएको बताएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै लामिछानेले कान्तिपुर दैनिकले सहकारी घोटालामा रवि लामछिानेको प्रत्यक्ष संलग्नता भन्ने समाचारको खण्डन गर्दै लामिछानेले यस्तो बताएका हुन् ।

उनले लेखेका छन्, ‘कान्तिपुरले सुप्रिम सहकारीको रकम गोरखा मिडिया नेटवर्कको खातामा सिधै ट्रान्सफर गरियो र त्यो काम मैले गरेको आरोप लगाएको छ र त्यसमा अक्षर त्यति प्रष्ट नभएको एउटा डिपोजिट स्लिपलाई प्रमाण देखाउन खोजिएको छ। मेरो प्रत्यक्ष संलग्नता हुन सुप्रिम सहकारीमा मेरो खाता हुनुपर्यो, अनि मैले त्यसका बचतकर्ताको रकम त्यसमा सारेको हुनुपर्यो, त्यसपछि त्यो सहकारीको खातामा रहेको रकम मैले गोरखा मिडिया नेटवर्कको बैँक खातामा सारेको हुनुपर्यो।’

‘समाचारमा नै सहकारीको रकम ट्रान्सफर गर्न सहकारीका कर्मचारीलाई लगाइएको लेखिएको छ। यसबाटै म यसमा प्रत्यक्ष संलग्न नरहेको पुष्टि हुन्छ’,लामिछानेले भनेका छन् ।

 

 

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com