२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

आज तीन संसदीय समितिको बैठक बस्दै, यस्ता छन् एजेण्डा

काठमाडौँ – आज तीन वटा संसदीय समितिको बैठक बस्दैछ । जसअन्तर्गत कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठक बिहान ११ बजे बस्दैछ । बैठकमा केरा खेती तथा पशुपालन व्यवसायमा रहेका समस्याका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै दिउँसो २ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा समितिका आन्तरिक कार्य प्रणालीका सम्बन्धमा छलफल हुनेछ ।

त्यस्तै साढे ११ बजे बस्ने प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको बैठकमा स्थलगत अध्ययन तथा अवलोकनबाट देखिएका विषय  र मन्त्रालयसँग सम्बन्धित  सरकारी आश्वासन कार्यान्वयन अवस्थाको सम्बन्धमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीसँग छलफल गर्ने कार्यसूची रहेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com