२०८१ बैशाख २७ - Thu May, 2024 -

Janasewa News

म्यान सिटी र एस्टन भिल्ला विजयी हुँदा प्रिमियर लिगको उपाधि होड रोमाञ्चक बन्दै

काठमाडौं । यस सिजन प्रिमियर लिगको उपाधि दौड सुरु देखि नै रोमाञ्चक बनिरहेको छ । पछिल्लो खेलमा साविक विजेता म्यान सिटी र एस्टन भिल्लाको जितपछि यो होड अझ रोमाञ्चक बनेको छ ।

सिटीले शेफिल्ड युनाइटेडलाई २-० ले हराएर तेस्रो स्थानमा उक्लेको छ । यस्तै बर्नलीलाई ३-२ ले पराजित गर्दै एस्टन भिल्ला दोस्रो स्थानमा उक्लेको छ । सिटीलाई जित दिलाउन रोड्री र जुलियन अल्भारेजले एक एक गोल गरे ।

भिल्लाले लिग लिडर लिभरपुल समान ४२ अंक भएको छ ।  लिभरपुलले १९ खेल र भिल्लाले २० खेल खेलेको छ ।

उता समान १९ खेल खेलेको सिटी र आर्सनलको समान ४० अंक छ । तर गोलअन्तरमा सिटी अघि छ ।

म्यानचेष्टर युनाइटेडको भने खराब प्रदर्शन जारी रहँदा २९ वर्षमा पहिलो पटक नटिङहम फरेस्टसँग पराजित भएको छ ।

निकोलस डोन्गेजको गोलमा फरेस्टले पहिले अग्रता लिए पनि मार्कुस रासफोर्डले युनाइटेडका लागि बराबरी गोल गरेका थिए । तर मोर्गान गिब्स ह्वाइटले ८२औं मिनेटमा निर्णायक गोल गर्दै फरेस्टलाई ऐतिहासिक जित दिलाए ।

हारपछि युनाइटेड २० खेलबाट ३१ अंकसहित सातौं स्थानमै छ । २० खेलबाट २० अंक जोडेर फरेस्ट १५औं स्थानमा उक्लेको छ ।

अर्को खेलमा चेल्सीले लुटोन टाउनलाई ३-२ ले पराजित गरेको छ । चेल्सी २० खेलबाट २८ अंकसहित दशौँ स्थानमा छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com