आज तमु ल्होसार, सार्वजनिक बिदा
काठमाडौँ – आज गुरुङ समुदायले तमु ल्होसार पर्व मनाउँदै छन् । हरेक वर्ष पुस १५ गतेका दिनमा गुरुङ समुदायले तमु ल्होसार मनाउने गर्दछन् ।
यो ल्होसारलाई तोला ल्होसार पनि भन्ने गरिन्छ । गुरुङ समुदायले तमु ल्होसारलाई नयाँ वर्षको रुपमा मनाउने गर्दछन् ।
आजको दिन गुरुङ समुदायले तमु ल्होसारका अवसरमा आफ्नो भेषभुषा, नयाँ परिकार ग्रहण गरी हर्षोल्लासपूर्व मनाउने गर्दछन् ।