२०८३ बैशाख २ - Wed Apr, 2026 -

Janasewa News

महिला राष्ट्रिय क्रिकेटः कोशी प्रदेशलाई हराउँदै एपीएफ फाइनलमा

काठमाडौँ- नेपाल एपीएफ क्लब पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

आइतबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको पहिलो क्वालिफायर खेलमा एपीएफले कोशी प्रदेशलाई ५२ रनले पराजित गर्दै एपीएफ फाइनलमा प्रवेश गरेको हो ।

जितका लागि १ सय ४० रनको लक्ष्य पछ्याएको कोशीले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै ८७ रनमात्र जोड्न सक्यो ।

कोशीका लागि अप्सरी बेगमले ३१ रन तथा कप्तान रुविना क्षेत्रीले २२ रन बनाएपनि जितका लागि पर्याप्त भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको एपीएफले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा १ सय ३९ रन बनाउँदा इन्दु वर्माले सर्वाधिक ५६ रन तथा कप्तान सीता राना मगरले ४५ रनको योगदान गरे ।

कोशीले अब फाइनल प्रवेशका लागि सुदूरपश्चिम प्रदेश र बागमती प्रदेशबीच हुने एलिमिनेटर खेलको विजेतासँग खेल्नेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com