२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

ओडीआई क्रिकेटबाट पनि सन्यास लिने डेविड वार्नरको घोषणा

काठमाडौं । अष्ट्रेलियन ब्याटर डेविड वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गरेका छन् ।

आफ्नो अन्तिम टेष्ट म्याच खेलिरहेका वार्नरले ओडीआई क्रिकेटबाट पनि सन्यास घोषणा गर्दै टी-२० क्रिकेट लिगमा केन्द्रित हुने जनाएका छन् । ‘म ओडीआई क्रिकेटबाट पनि सन्यास लिंदैछु,’ वार्नरले सिड्नी क्रिकेट मैदानमा सोमबार भनेका छन् ।

उनले वानडे विश्वकको बेला नै यसबारे भनिसकेको र भारतमा गएर विश्वकप उपाधि जित्नु ठूलो उपलब्धि भएको बताए । तर, अष्ट्रेलियालाई आवश्यक परे उनी २०२५ को च्याम्पियन्स ट्रफीमा आफू उपलब्ध हुने पनि जनाएका छन् ।

‘आज वान डेबाट पनि सन्यास लिने मैले त्यो निर्णय लिएँ । जसले मलाई विश्वका विभिन्न लिगमा गएर खेल्ने अवसर दिन्छ,’ उनले भने, ‘च्याम्पियन्स ट्रफी आउँदैछ । मैले पछिल्लो दुई वर्ष राम्रो क्रिकेट खेलिरहेको छु र यदि टिमलाई आवश्यक परेमा म उपलब्ध हुनेछु ।’

दुई वर्षपछि फर्कने अवस्था नभएमा वार्नरको लागि अहमेदावादमा भएको भारतविरुद्धको विश्वक फाइनल खेल नै अन्तिम ओडीआई खेल हुनेछ ।

उनले अष्ट्रेलियाका लागि १६१ ओडीआई खेल्दै २२ शतकको मद्दतमा ६ हजार ९३२ रन बनाएका छन् । उनी अष्ट्रेलियाका लागि वान डे मा सर्वाधिक रन बनाउनेमा छैटौं स्थानमा छन् भने शतक बनाउने सूचीमा रिक्की पोन्टिङपछि दोस्रोमा छनन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com