२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

महिला राष्ट्रिय क्रिकेटः सुदूरपश्चिमलाई निराश तुल्याउँदै कोशी फाइनलमा

काठमाडौँ- कोशी प्रदेश पीएम कप महिला राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

सोमबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको दोस्रो क्वालिफायर खेलमा सुदूरपश्चिम प्रदेशलाई पराजित ९ विकेटले गर्दै कोशी फाइनलमा प्रवेश गरेको हो ।

कोशीले अब उपाधिका लागि नेपाल एपीएफ क्लबको सामना गर्ने छ । कोशी र एपीएफबीचको फाइनल खेल बुधबार हुने तालिका रहेको छ ।

सोमबार भएको खेलमा सुदूरपश्चिमले दिएको ८९ रनको लक्ष्य कोशीले १३ ओभरमा केवल १ विकेट गुमाएर पूरा गर्‍यो । कोशीको जितमा काजल श्रेष्ठले ३८ रन तथा कप्तान रुविना क्षेत्रीले ३७ रनको योगदान गरे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा ८८ रन बनाउँदा सम्झना खड्काले सर्वाधिक २५ रन बनाइन् । कोशीका लागि संगिता राईले सर्वाधिक २ विकेट हात पारिन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com