२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राष्ट्रिय सभा चुनाव : एमालेलाई पनि सिट छुट्याउन कांग्रेस–माओवादी सकारात्मक

१८ पुस, काठमाडौं । नेपाली कांग्रेस र माओवादी केन्द्र आगामी राष्ट्रिय सभा चुनावमा नेकपा एमालेका लागि पनि केही सिट छुट्याउन सकारात्मक देखिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार र बुधबार बसेको दुई दलको बैठकबाट एमालेलाई पनि सिट छुट्याउन लचक देखिएका हुन् । राष्ट्रिय सभामा रिक्त हुने १९ सांसदमा एमालेबाट आठ जनाको कार्यकाल सकिँदैछ । त्यसका लागि आगामी माघ ११ गते निर्वाचन हुँदैछ ।

स्थानीय र प्रदेशका जनप्रतिनिधि अनुसार गठबन्धनका उम्मेदवारले जित्ने सम्भावना बढी छ । सत्ताका प्रमुख दुई दल राष्ट्रिय सभामा एमालेका पनि केही सांसद जिताउने गरी तालमेल गर्न सकरात्मक देखिएका हुन् । दुई दल विच भएको सहमतिमा थप छलफल गर्न सत्ता घटकका एकीकृत समाजवादी र जनता समाजवादी कांग्रेस–माओवादीले छलफल गर्ने भएका छन् ।

कति सिट एमालेलाई छुट्याउने विषयमा भने छलफल पछि मात्रै टुंगिने कांग्रेस–माओवादी छलफलमा सहभागी एक नेताले जानकारी दिए । ‘एमालेलाई पनि केही सिट छुट्याउनु पर्छ भन्नेमा दुई दल सकारात्मक बनेका छौं, जसपा र एकीकृत समाजवादीसँग पनि हामी विच भएको छलफल जानकारी गराउँछौं,’ ती नेताले भने, ‘एमालेलाई कति दिने कुरा गठबन्धनका अरु दल र एमालेसँगै छलफल गरेर टुंगिन्छ ।’

दिउँसो ३ बजे सत्ता गठबन्धनका चार दलको बैठक डाकिएको छ । साँझ ५ बजे सत्ता गठबन्धन र एमाले बीच बैठक हुने भएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com