२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

भारतीय दूतावासले २० करोड आफूखुसी खर्च गर्न पाउँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतले आफु खुसी २० करोड खर्च गर्न नपाउने बताएका छन् । राज्य तथा सुशासन समितिको बैठकमा उपस्थित भएका प्रधानमन्त्री प्रचण्डले नगरपालिकामार्फत मात्रै भारतले उक्त रकम खर्च गरिने जानकारी दिएका हुन् ।

‘३ करोडबाट सुरू भएर ५ करोड हुँदै २० करोड लगानी गर्ने भन्ने सत्य हो तर जसरी मन लाग्यो त्यसरी खर्च गर्ने हैन , प्रक्रिया छ, नगरपालिकाबाट गर्ने हो,’ उनले बैठकमा हिजो भएको सम्झौताका बारेमा प्रस्टीकरण दिँदै भने, ‘तर तपाईंले उठाएको विषयमा मेरो ध्यानाकर्षण भएको छ । बढी व्यावहारिक बनाउन थप काम गर्न सकिनेछ ।’

नेकपा एमालेका सांसद रघुजी पन्तले भारतले सोझै २० करोड खर्च गर्न पाउने सम्झौताले राष्ट्रियता कमजोर हुने तथा सरकार निष्प्रभावी हुने भन्दै असहमित प्रकट गर पछि प्रधानमन्त्रीले सो जवाफ दिएका हुन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com