२०८१ बैशाख २२ - Sat May, 2024 -

Janasewa News

हमासका नेतालाई लडाकु विमानले मारेको दाबी

बेरूत- लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु विमानबाट प्रहार भएको मिसाइलबाट मारिएको दाबी गरिएको छ ।

हमासका उपप्रमुख सालेह अल अरौरीको लेबनानमा इजरायली लडाकू विमानले गरेको आक्रमणमा हत्या भएको इजरायली सञ्चारमाध्यमले जनाएका छन् ।

यसअघि मंगलबार साँझ दक्षिणी बेरुत नजिकैको हमासको कार्यालयमा इजरायली ड्रोन हमलामा अल अरौरी मारिएको लेबनानी मिडियाले जनाएको थिए ।

तर इजरायली सुरक्षा स्रोतलाई उद्धृत गर्दै येडियोथ अहरोनथ अखबारले इजरायली लडाकु विमानबाट प्रहार गरेको ६ गाइडेड मिसाइलले अल अरौरी मारिएको दाबी गरिएको छ ।

सो दैनिकले एक अज्ञात लेबनानी सुरक्षा अधिकारीलाई उद्धृत गर्दै भनेको छ कि-‘६ वटा निर्देशित मिसाइलहरू प्रहार गरिएको थियो, जसमध्ये दुई वटा अल अरौरी बस्ने भवनमा खसेका थिए।’

प्रत्येक मिसाइलको तौल १०० किलोग्राम रहेको पनि सो पत्रिकाले उल्लेख गरेको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com