२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

नाबालिग बलात्कार गरेको आरोपमा बाराबाट एकजना पक्राउ

बीरगन्ज  । बाराबाट झारफुक गर्ने बहानामा १३ वर्षीय नाबालिगलाई बलात्कार गरेको अभियोगमा बाराबाट एकजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालयमा परेको उजुरीको आधारमा शनिबार एक झारफुक गर्ने पुरुषलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

बाराको महागढीमाई नगरपालिका–२ बस्ने ३० वर्षीय आकाश मण्डललाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ गरिएको बारा प्रहरी बताउँछ । बारा प्रहरी प्रवक्ता दधिराम न्यौपानेले सर्लाहीबाट आएकी नाबालिगलाई झारफुक गर्ने बहानामा बलात्कार भएको खबर आउनसाथ पीडकलाई पक्राउ गरिएको जनाए ।

प्रहरी स्रोतका अनुसार मण्डल केही समयदेखि झारफुक गर्ने काम गर्दै आएका थिए । प्रहरी भन्छ–‘त्यही क्रममा बालिका मण्डलकोमा कहाँ झारफुक गराउन पुगेकी थिइन्, यही बेला मण्डलले जबरजस्ती करणी गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।’

जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका मण्डललाई  प्रहरी थुनामा राखी अनुसन्धान प्रक्रिया अगाडि  बढाइएको बारा प्रहरी प्रवक्ता न्यौपानेले बताए । प्रवक्ता न्यौपानेका अनुसार आज उनीमाथि म्याद थप हुने तयारी गरिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com