२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

सुर्खेतमा १८ वर्षीय युवकको हत्या

सुर्खेत- सुर्खेतको पञ्चपुरीमा १८ वर्षीय युवकको हत्या भएको छ । पञ्चपुरी नगरपालिका-६ कुवापानीका भरत बुढाको मंगलबार राति १ बजे हत्या भएको प्रहरीले जनाएको छ ।

धारिलो हतियार प्रयोग गरेर हत्या गरिएको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीको भनाइ छ ।

घटना शंकास्पद देखिएपछि नेपालगन्जबाट तालिमप्राप्त कुकुरसहित जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख प्रहरी उपरीक्षक योगेन्द्रसिंह थापाको टोली घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका निमित्त प्रवक्ता कृष्णबहादुर खड्काले जानकारी दिए ।

घटनाको बारेमा अनुसन्धान जारी रहे पनि अहिलेसम्म शंकास्पद व्यक्तिविरुद्ध जाहेरी भने आइनसकेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com