२०८१ बैशाख २४ - Mon May, 2024 -

Janasewa News

आर्मीलाई बागमतीले हरायो, लुम्बिनीमाथि कर्णालीको जित

काठमाडौँ- पीएम कप राष्ट्रिय क्रिकेट प्रतियोगितामा बुधबार बागमती प्रदेश र कर्णाली प्रदेशले जित हात पारेका छन् ।

काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा बागमतीले त्रिभुवन आर्मी क्लबलाई ३ विकेटले पराजित गरेको हो ।

बुधबारको खेलमा आर्मीले दिएको ९८ रनको लक्ष्य बागमतीले २२ ओभर १ बलमा ७ विकेट गुमाएर पूरा गर्‍यो ।

बागमतीको जितमा प्रतिश जिसी र अशोक पौडेलले समान २१-२१ रन बनाए । आर्मीका लागि सोमपाल कामीले ३ तथा शहाब आलम र जितेन्द्र मुखियाले समान २-२ विकेट हात पारे ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको आर्मीले २७ ओभर १ बलमा सबै विकेट गुमाएर ९७ रनमात्र बनाउन सक्यो । आर्मीका लागि विनोद भण्डारीले सर्वाधिक २८ रन बनाए ।

आर्मीको इनिङ्स धराशायी बनाउन सूर्य तामाङले सर्वाधिक ५ तथा प्रतिश जिसी र रिजन ढकालले २-२ विकेट लिए ।

यता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशालामा भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई ६० रनले पराजित गर्‍यो ।

कर्णालीले दिएको १ सय ८५ रनको लक्ष्य पछ्याउने क्रममा लुम्बिनीले ४१ ओभर २ बलमा अलआउट हुँदै केवल १ सय २४ रन बनाउन सक्यो ।

लुम्बिनीका लागि कृष्ण कार्कीले सर्वाधिक ४७ रन बनाए । कर्णालीका दिनेश अधिकारीले सर्वाधिक ३ तथा अनुज चनरा र दिपेन्द्र रावतले समान २-२ विकेट हात पारे ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले तय गरिएको ४५ ओभरमा ९ विकेटको क्षतिमा १ सय ८४ रन बनायो ।

कर्णालीका लागि दिनेश अधिकारीले सर्वाधिक ५६ तथा दिपेन्द्र रावतले ४७ रनको योगदान गरे । लुम्बिनीका लागि निर्मल गुरुङ र अभिषेक गौतमले समान ३-३ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com