२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

मेयर कप क्रिकेटमा एक्सपर्टको प्रायोजन

चितवन — भरतपुर महानगरपालिकाले आयोजना गर्न लागेको मेयर कप अन्तर विद्यालय क्रिकेट प्रतियोगिताको मुख्य प्रायोजन एक्सपर्ट एजुकेसन एन्ड भिजा सर्भिसेज चितवनले गर्ने भएको छ । माघ २६ देखि भरतपुरको गौतम बुद्ध क्रिकेट रंगशालामा हुने प्रतियोगितामा एक्सपर्टले गर्ने मुख्य प्रायोजनसम्बन्धी समझदारी पत्रमा मंगलबार हस्ताक्षर गरिएको छ ।

 

एक्सपर्ट एजुकेसन र भरतपुर महानगरपालिकाबीचको समझदारी पत्रमा एक्सपर्टका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारी र भरतपुर महानगर प्रमुख प्रशासकीय अधिकृत नरेन्द्रकुमार रानाले हस्ताक्षर गरे । सहआयोजक चितवन जिल्ला क्रिकेट संघ रहेको प्रतियोगितामा सहभागी हुने चितवनका १० सामुदायिक विद्यालयलाई एक्सपर्टले ८ लाख ६० हजार बराबरका खेल सामग्री प्रदान गर्न लागेको हो ।

२० विद्यालय सहभागी हुने यो प्रतियोगितामा एक्सपर्टले १ सय ६० खेलाडीलाई जर्सी, १० टिमलाई न्युनतम खेल सामग्री (किट्स), विजेता टिमलाई ६० हजार र उपविजेता टिमलाई ३० हजार रुपैयाँबराबरको खेल सामग्री प्रदान गर्न लागेको प्रबन्ध निर्देशक अधिकारीले बताए । समझदारी पत्रमा हस्ताक्षरपछि भरतपुरकी मेयर रेनु दाहालले महानगरको आधिकारिक खेलकुद प्रतियोगितामा निजी क्षेत्रबाट अहिलेसम्मकै ठूलो सहयोग आएको बताइन् । चितवन जिल्ला क्रिकेट संघका अध्यक्ष सुदीप पियाले यो सहकार्यले चितवनको क्रिकेटलाई माथि उठाउन ठूलो भूमिका निर्वाह गर्ने बताए । यो प्रतियोगिता निर्माणाधीन रंगशालामा गरिँदै छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com