२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

अफगानिस्तानलाई हराउँदै नेपाल सुपर सिक्समा

काठमाडौँ-  नेपाल आईसीसी यू-१९ विश्वकप क्रिकेटको सुपर सिक्समा प्रवेश गरेको छ । समूह चरणको अन्तिम खेलमा नेपालले अफगानिस्तानलाई १ विकेटले पराजित गर्दै सुपर सिक्समा स्थान पक्का गरेको हो ।

अफगानिस्तानले  दिएको १४६ रनको लक्ष्य नेपालले ९ विकेटको क्षतिमा ४४.४ ओभरमा पूरा गर्‍यो ।

नेपालको जितका लागि कप्तान देव खनालले ५८ रनको योगदान दिए । ७ चौका प्रहार गर्दै उनले ५८ रनको योगदान दिएका हुन् ।

अर्का ब्याटर दीपक बोहराले २७ रन बनाए । ४ चौका प्रहार गरेका दीपकले ४२ बलको सामना गर्दै २७ रन जोडेका थिए ।

नेपालले ओपनर अर्जुन कुमाललाई १०, तेस्रो नम्बरका गुलशन झालाई १ र विपिन रावललाई २ रनमा गुमाएको थियो ।

नेपालले अफगानिस्तानलाई ४०.१ ओभरमा अल आउट गरेको थियो । नेपालका तर्फबाट आकाश चन्दले अफगानिस्तानका महत्वपूर्ण पाँच विकेट लिए । यसैगरी दिपेश कँडेलले २, गुल्सन झा तथा तिलक भण्डारीले १-१ विकेट लिएका थिए ।

टस जितेको अफगानिस्तानले पहिले ब्याटिङ गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com