२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

रौतहटमा १० हजार ४५९ सवारी साधन कारबाहीमा

रौतहट- पछिल्लो समय रौतहटस्थित ट्राफिक प्रहरीले सक्रियता बढाएसँगै नियम विपरित चल्ने सवारीसाधनलाई तीब्ररुपमा कारबाही सुरु भएको छ ।

जिल्ला ट्राफिक प्रहरी प्रमुख प्रहरी निरीक्षक सुशील आचार्यको सक्रियतामा सवारीसाधन लाई कारबाही बढेसँगै राजश्व संकलनमा समेत वृद्धि भएको छ ।

यस आर्थिक वर्षको मात्र ६ महिनाको अवधिमा ट्राफिक नियम विपरित चलेका १० हजारभन्दा बढी सवारीसाधनलाई कारबाही गरेर ८८ लाख रुपैयाँभन्दा बढी राजश्व संकलन गरिएको छ । ट्राफिक प्रहरीको विभिन्न युनिटले गत साउन महिनामा नियम विपरित चलेका ३ हजार ८२, भदौमा १५ सय ८८ असोजमा ९ सय ३९, कार्तिकमा १५ सय ७, मंसिरमा १६ सय २९ र पुस महिनामा १७ सय २३ सवारीसाधनलाई कारबाही गरेको छ ।

गत साउनदेखि पुस मसान्तसम्म मात्र ६ महिनाको अवधिमा नियम विपरित चलेका १० हजार ४५९ सवारीसाधन लाई कारबाहीको दायरामा ल्याइएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन् । उक्त कारबाहीबाट कुल ८८ लाख ३३ हजार पाँच सय रुपैयाँ राजश्व संकलन गरिएको इन्सपेक्टर आचार्यले जानकारी दिएका छन् ।

सोही अवधिमा जिल्लाभरमा भएको ३०२ सवारी दुर्घटनामा परेर २ बालबालिका ७ महिलासहित २६ जना मानिसको ज्यान गएको छ । त्यस्तै उक्त दुर्घटनामा परेर ४७२ जना मानिस घाइते भएको तथ्याङ्कमा उल्लेख गरिएको छ ।

दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले जिल्लास्थित विभिन्न चेतनामूलक कार्यक्रमको आयोजना गर्दै आएको छ । साउनदेखि पुस मसान्तसम्म जिल्लाको बिभिन्न स्थानमा आयोजना गरिएको ८७९ वटा कार्यक्रममा सवारीचालक, यात्रु, सर्वसाधारण गरी कुल ३७ हजार ३९६ जना सहभागी भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

त्यस्तै दुर्घटना न्यूनीकरणको लागि सवारीसाधनहरूमा स्टिकर टाँसदेखि पूर्वपश्चिम राजमार्ग छेउछाउमा ठूलो-ठूलो होर्डिङ बोर्ड राखेको  छ। त्यतिमात्र नभई जिल्लाको १८ वटै स्थानिय तहमा बढदो सवारीसाधनको चापलाई मध्यनजर गर्दै सुरक्षाको दृष्टीकोणले हाल रौतहटको गौर, बमनहर,चन्द्रनिगाहपुर, बागमती, डुमरिया, गरुडा, शिवनगर, शुकदेव चौक, बन्कुल, मौलापुर, विजयपुरलगायतको स्थानमा स्थायी ट्राफिक बिट राखेको जनाएको छ ।

बिगतमा सहरी क्षेत्रमा मात्र सीमित रहेको ट्राफिक प्रहरी हाल रौतहटको ग्रामीण क्षेत्रमा समेत सेवा दिइरहेको देखिएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com