२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

कांग्रेसका पुराना र परम्परागत गुट भत्काउनै पर्छ : महामन्त्री शर्मा

झापा- नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अहिले आफू पार्टीका पुराना र परम्परागत गुट भत्काउने अभियानमा जुटेको बताएका छन् । उनले आफू वर्तमानमा स्वतन्त्र कांग्रेस रहेको दाबी समेत गरे ।

गृहनगर झापाको धुलाबारीमा सोमबार (आज) नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासंघको नयाँ नेतृत्वलाई प्रमाणपत्र वितरण गर्दै महामन्त्री शर्माले उस्तै परे आगामी महाधिवेशनमा पार्टी सभापतिमा आफूले प्रतिस्पर्धा गर्न सक्ने संकेत गरे ।

‘प्रधानमन्त्रीमा गगन थापालाई अघि सारेर आफूले सभापतिमा प्रतिस्पर्धा गर्नु पनि पर्ने हुन्छ सक्छ,’ शर्माले भने, ‘पूर्णबहादुर खड्का र शेखर कोइराला मध्ये एक जनालाई सभापति छाडेर उपसभापतिमा बस्नु पर्ने अवस्था पनि नहोला भन्न सकिन्न ।’

पार्टीभित्र झापामा अहिले मनोवैज्ञानिक एकता रहेको शर्माको टिप्पणी छ । महामन्त्री शर्माले अनुभवका आधारमा कृष्णप्रसाद सिटौलालाई राष्ट्रियसभाको सांसद बनाएको खुलाए ।

कार्यकर्ता पंक्तिमा जनताबाट पटकपटक अस्वीकृत नेता सिटौलालाई राष्ट्रियसभामा लगेको आवाज चर्को बनेको बेला महामन्त्री शर्माले त्यस्तो मत राखेका हुन् । शर्माले पछिल्लो समय सिटौलासँग छ्याप्पै मिलेको आरोप खेप्दै आएका छन् ।

विकास निर्माण संगठन निर्माणको आधार हुने तर्क गरेका उनले संघीयता  समृद्ध नेपाल बनाउने आधार भएको दाबी गरेका छन् । महामन्त्री शर्माले संघीयताले समृद्ध नेपाल बनाउने ठोकुवा समेत गरे । शर्माले भने, ‘संघीयता काङ्ग्रेसले उठाएको मुद्दा नभइ  हृदयले स्वीकार गरेको विषय हो ।’

विकासक उग्र कुरा गर्ने पार्टी र तिनका नेताप्रति लक्षित गर्दै शर्माले विध्वंस गर्ने बम विष्फोटनको आवाज चर्को हुने तर समृद्ध मुलुक निर्माण गर्ने स्वर मलिन हुने बताए । अघिल्लो दिन सहरी विकासमन्त्री सीता गुरुङसहित आफू पुगेका स्थानका युवाले पछिल्लो दिन आफूलाई खोजेको समाचार पढेर र तस्बिर हेरेर आफू छक्क परेको सुनाए ।

टायर बाल्ने, बाटो छेक्ने हुलहुज्जत गर्ने भन्दा पनि शान्तिपूर्ण तवरले आवाज उठाएको भन्दै ती युवाको उनले प्रशंसा गरे । दुई दिन अघिमात्रै शर्माको निर्वाचन क्षेत्रमा पर्ने ज्यामिरगढीका युवाले सांसद हराएको प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com