२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

राष्ट्रिय क्रिकेट : सुदूरपश्चिमविरूद्ध एपीएफको संघर्षपूर्ण जित

काठमाडौँ- पीएम कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विभागीय टोली नेपाल एपीएफ क्लबले सुदूरपश्चिम प्रदेशविरुद्ध संघर्षपूर्ण जित हात पारेको छ ।

मंगलबार काठमाडौँको मुलपानी क्रिकेट मैदानमा भएको खेलमा एपीएफले सुदूरपश्चिमलाई ३ विकेटले पराजित गरेको हो ।

८८ रनको सामान्य लक्ष्य १४ ओभर १ बलमा पूरा गर्ने क्रममा एपीएफले ७ विकेट गुमाउन पुगेको थियो । एपीएफको जितमा सन्दीप जोराले अविजित १८ रन बनाए ।

सुदूरपश्चिमका लागि दिपक चन्दले ४ तथा नरेन साउदले ३ विकेट हात पारेपनि जितका लागि पर्याप्त भएन ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सुदूरपश्चिमले भने १६ ओभर २ बलमै सबै विकेट गुमाएर ८७ रनमात्र बनाउन सक्यो । सुदूरपश्चिमका लागि नारायण जोशीले सर्वाधिक ३१ रन तथा खडक बोहोराले २४ रन बनाए ।

एपीएफका लागि चन्दन रामले सर्वाधिक ५ तथा भुवन कार्कीले ३ र कप्तान रोहित पौडेलले २ विकेट हात पारे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com