२०८१ बैशाख २० - Thu May, 2024 -

Janasewa News

गाउँपालिका माथी लगाएको गलत आरोपको पुष्टी गर्न अध्यक्ष सुमन तामाङको चेतावनी

काठमाडौ । नुवाकोटको ककनी गाउँपालिकाले एक संचारमाध्यममा प्रकाशित समाचारप्रति आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।

विहिवार ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ र निमित्त प्रमुख प्रशासकिय अधिकृत ऋषि अधिकारीले संयुत्त रुपमा एक विज्ञप्ती सार्वजनिक गर्दै केही संचारमाध्यममा प्रकाशित समाचारमा सत्यता नरहेको बताएका हुन् ।

ककनी गाउँपालिकाको बारेमा प्रकाशन भएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकार्षण भएको छ । उक्त दैनिकी डटकम अनलाईन मिडियामा प्रकाशित कमिसन नमिलेर ठेक्का रद्द गरिएको भन्ने विषयमा गत आर्थिक वर्ष २०७९ /८० मा ककनी गाउँपालिकाको वडा नं.२ को काउले चित्रे कुले गैरीखर्क मोटरबाटोलाई कालोपत्रे भन्ने बाटोको नामबाट कुनै आयोजना नभएको गाउँपालिका अध्यक्ष तामाङले जारी विज्ञाप्तीमा उल्लेख गरिएको छ ।

वडा नं. २ मा सडक कालोपत्रे गर्नको लागि विशेष गाउँसभाबाट ५३ लाख स्वीकृत भई लागत ईष्टमेट भ्याट सहित ५१ लाख ४६ हजार ५ सय ८० रुपैयाँको विद्युतिय टेण्डर आह्वान गरिएको थियो । उक्त टेण्डरमा डि.जि प्रकाश कन्स्ट्रक्शनको भ्याटसहित ५१ लाख ५७ हजार ८ सय ६ रुपैयाँको लागत ईष्टमेट भन्दा वढी ११ हजार २ २६ रुपैयाँ कवोल गरेकोले गाउँपालिकाले सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ को १ को ख अनुुुसार अस्वीकृत गरिएको गाउँपालिका अध्यक्ष तामाङले  बिज्ञाप्ती मार्फत जानकारी दिए ।

सो टेण्डर रद्द भए पश्चात उक्त सडकका लागि संघीय सरकारसंग समपुरक अनुदानमा वजेट विनियोजन गरी उक्त सडकलाई नै स्तरोन्नती गर्ने कार्य निरन्तर भईरहेको गाउँपालिकाले जनाएको छ ।

यस्तै गाउँपालिका अन्तरगत रहेका विद्यालयहरुको व्यवस्थापन गर्दा गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाको वैठकको निर्णय अनुसार विद्यालय मर्ज, शिक्षक सरुवा र पदस्थापना भएको छ । यसमा कोही कसैलाई पक्षपात र भेदभाव नगरिएको समेत विज्ञप्तीमा उल्लेख गरिएको छ ।

गाउँपालिकाको गाउँसभा २०८० साल पौष २६ गते वस्ने निर्णय भएकोमा उपभोक्ता समितिहरुलाई योजना सम्झौता गर्ने म्याद थप गर्नको  निमिक्त  वडाध्यक्षहरुकै अनुरोधमा पौष २५ गते सम्म म्याद थपिएको कारण पौष २६ गते नै उक्त सभा गर्न तयारी नपुगेर स्थगित गरिएको अध्यक्ष तामाङले  प्रकाशित विज्ञाप्तीमा उल्लेख गरे  ।

यस्तै औषधि खरिद सम्बन्धमा गाउँपालिकाको सबै वडा अन्तर्गतको स्वास्थ्य चौकीहरुमा प्रयोग हुने औषधिजन्य सामाग्रीहरु खरिद सार्वजनिक खरिद ऐन २०६३ बमोजिम विद्युतिय टेण्डर मार्फत खरिद गरिएको उनको भनाई । औधषीको उक्त विद्युतिय टेन्डरको लागि मिति २०८०।०४।२४ गतेको कार्यपालिको निर्णय बमोजम नै भएको र सार्वजनिक खरिद ऐन २०६३ बमोजिम र नेपाल सरकार स्वास्थ्य सेवा विभागको मापदण्ड बमोजिमका औषधिहरु मात्र माग गरिएको हो ।

जसमा ४ वटा फर्मले बिड गरेकोमा सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भएबमोजिम सबैभन्दा कम रकम कबोल छनौट गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिका अध्यक्ष तामाङले जनताको सेवा प्रवाह तथा विकास निर्माणको कार्यबाट अतालिदैं आएका केही व्यक्ति तथा संस्थाहरुबाट नियमित रुपमा आम जनताहरुमा भ्रम फैलाउने काम भइरहेको भन्दै सचेत रहन सबै गाउँपालिका बासीहरुलाई आग्रह गरेका छन् ।

प्रेस विज्ञाप्तिको पुर्ण पाठ :
मिति २०८०/१०/१७ मा दैनिकी डटकममा यस ककनी गाउँपालिकाको बारेमा प्रकाशन भएको समाचार प्रति हाम्रो गम्भीर ध्यानाकार्षण भए‌को छ । उक्त दैनिकी डटकम अनलाईन मिडियामा प्रकाशित कमिसन नमिलेर ठेक्का रद्द गरिएको भन्ने विषयमा गत आ.व.२०७९ /८० मा ककनी गाउँपालिकाको वडा नं. २ को काउले चित्रे कुले गैरीखर्क मोटरबाटोलाई कालोपत्रे भन्ने बाटोको नामबाट कुनै आयोजना नभएको । सोही वडामा upgrading of OkhlehilleyVitta-SanuChitreyGaireykharka rural Road कालोपत्रे गर्नको लागि विशेष गाउँसभाबाट ५३ लाख स्वीकृत भई लागत इंष्टमेट भ्याट सहित रु: ५१४६५८०,६४ को विद्युतिय टेण्डर आह्वान गरिएको थियो।
टेण्डर खुले पश्चात उक्त टेण्डरमा डि.जि प्रकाश कन्स्ट्रक्शनको मात्र भ्याट सहित रु: ५१५७८०६.७२ bid गरि लागत ईष्टमेट भन्दा वढी मुल्य रु: ११२२६.०८ को कवोल गरिएको हुँदा सार्वजनिक खरिद ऐन २०६३ को दफा २६ को (१ को (ख) मा न्युनतम मुल्याङ्कन सारभूत रुपमा प्रभाबग्राही बोलपत्रको कबोल अंक लागत अनुमान भन्दा बढी भएमा बोलपत्र अस्वीकृत हुने वा खरिद कारवाही रद्द गर्ने कानुनी व्यवस्था भएको हुँदा सोही ऐन बमोजिम DG प्रकाश कन्स्ट्रक्शन ले पेश गरेको विड डकुमेन्टको खरिद प्रकृया अस्वीकृत गरिएको हो। टेण्डर रद्द भए पश्चात उक्त सडकका लागि संघीय सरकार संग समपुरक अनुदानमा बजेट विनियोजन गरी उक्त सडकलाई नै स्तरोन्नती गर्ने कार्य निरन्तर भईरहेको छ । गाउँपालिका अन्तरगत रहेका विद्यालयहरुको व्यवस्थापन गर्दा गाउँ शिक्षा समितिको सिफारिसमा कार्यपालिकाको बैठकको निर्णय अनुसार विद्यालय मर्ज, शिक्षक सरुवा र पदस्थापना भएको छ।
यसमा कोही कसैलाई पक्षपात र भेदभाव नगरिएको समेत जानकारी गराउँदछौ। यस गाउँपालिकाको गाउँसभा २०८० साल पौष २६ गते वस्ने निर्णय भएकोमा उपभोक्ता समितिहरुलाई योजना सम्झौता गर्ने म्याद थप्नका निम्ति बडाध्यक्षहरुकै अनुरोधमा पौष २५ गते सम्म म्याद थपिएको कारण पौष २६ गते नै उक्त सभा गर्न तयारी नपुगेर स्थगित गरिएको जानकारी गराउदछौँ। औषधि खरिद सम्बन्धमा गाउँपालिकाको सबै वडा अन्तर्गतको स्वास्थ्य चौकीहरुमा प्रयोग हुने औषधिजन्य सामाग्रीहरु खरिद सार्वजनिक खरिद ऐन २०६३ बमोजिम विद्युतिय टेण्डर मार्फत खरिद गरिएको हो । उक्त विद्युतिय टेन्डरको लागि मिति २०८०/०४/२४ गतेको कार्यपालिको निर्णय बमोजम नै भएको र सार्वजनिक खरिद ऐन २०६३ बमोजिम र नेपाल सरकार स्वास्थ्य सेवा विभागको मापदण्ड बमोजिमका औषधिहरु मात्र माग गरिएको हो। जसमा ४ वटा फर्मले bid गरेकोमा सार्वजनिक खरिद ऐन २०६३ मा व्यवस्था भएबमोजिम सबैभन्दा कम रकम कबोल गर्ने Gosainkunda Medicine Suppliers (सार्वजनिक खरिद अनुगमन कार्यालयमा कालो सूचीमा नपरेको) छनौट गरिएको हो । गुणस्तरको विषयमा गुणस्तर जाँच अनुगमन समितिको रोहवरमा सबै औषधिहरु कार्यालयको माग बमोजिम भए नभएको एकिन गरे पश्चात मात्र औषधिहरु खरिद गरिएको जानकारी गराउँदछौं ।
यस गाउँपालिकाले प्रवाह गर्दै आएको सेवा र विकास निर्माणका कार्यहरु पारदर्शी तरिकाले भईरहेको जानकारी गराउँदै आम नागरिकको सूचनाको हकलाई समेत प्रचलनमा ल्याईरहेको अवस्थामा सेवा प्रवाह तथा विकास निर्माणको कार्यबाट अतालिदै आए‌को समाचारबाट आम ककनी वासी भ्रममा नपरि सचेत रहन र आम नागरिकलाई कुनै विषयमा शंका उत्पन्न भएमा गाउँपालिकामा सम्पर्क गरी जानकारी लिनहुनको लागि हार्दिक अपिल गर्दछु।
ऋषि अधिकारी
नि प्रमुख प्रशासकीय अधिकृत       
          
सुमन तामाङ
अध्यक्ष

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com