२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

प्रतिनिधिसभाद्वारा बुढाथोकीको निधनप्रति दुःख व्यक्त गर्दै शोक प्रस्ताव पारित

काठमाडौँ ।  नेपाली काँग्रेसका नेता एवम् पूर्वमन्त्री केशवकुमार बुढाथोकीको निधनप्रति शोक व्यक्त गर्दै प्रतिनिधिसभाले शोक प्रस्ताव पारित गरेको छ ।  बुधवार बसेको प्रतिनिधिसभा बैठकले संविधानसभाका सदस्य समेत रहेका पूर्वमन्त्री बुढाथोकीको निधनप्रति शोक प्रकट गर्दै सभामुख देवराज घिमिरेले राख्नुभएको शोक प्रस्ताव पारित गरेको हो ।

सभामुख घिमिरेले भने, ‘नेपाली कांग्रेस पार्टीबाट विक्रम सम्वत २०६४ साल र २०७० सालको संविधानसभा निर्वाचनमा झापा जिल्ला निर्वाचन क्षेत्र नम्बर ५ बाट संविधानसभा सदस्यमा निर्वाचित सदस्य पूर्व सामान्य प्रशासनमन्त्री तथा लोकतान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका सरल एवं मिलनसार व्यक्तित्व केशवकुमार बुढाथोकीको ८० वर्षको उमेरमा मिति २०८० साल माघ २२ गते सोमबार राति उपचारको क्रममा असमायिक निधन भएकालेमा प्रतिनिधिसभाको यो बैठक उहाँको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पर्ण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गर्दछ । उक्त शोकलाई पारित गरिदिन हुन अनुरोध गर्दछु ।’

बैठकले स्वर्गीय नेता बुढाथोकीको सम्मान एक मिनेट मौनधारण समेत गरिएको छ । प्रतिनिधि सभाको अर्को बैठक आगामी फागुन ६ गते आइतवार बिहान ११ बजेका लागि बोलाइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com