२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

दुर्गा प्रसाईंको शक्ति प्रदर्शनमा सात ठाउँबाट र्‍याली निकालिँदै, कुन र्‍यालीको नेतृत्व कसले गर्दैछन् ?

काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुने भएको छ ।

राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिविधि गर्दै आएका प्रसाईंको नेतृत्वमा आज काठमाडौँमा प्रदर्शन हुन लागेको हो ।

राजावादी र हिन्दुवादीहरूको ‘नैतिक समर्थन’ रहेको भनिएको सो आन्दोलनलाई राप्रपा र राप्रपा नेपालजस्ता पार्टीहरूले नैतिक समर्थन जनाएका छन् ।

पूर्वराजा ज्ञानेन्द्र शाह आउने भनेर प्रसाईंले प्रचार गरेपनि उनी भने नआउने भएका छन् । एक साताका लागि चितवन गएका पूर्वराजा नभएपनि प्रसाईंको नेतृत्वमा आज भृकुटीमण्डपमा प्रदर्शन गर्न लागिएको हो ।

रुट नं.१ किर्तिपुर, कलंकी, कालीमाटी, त्रिपुरेश्वर हुदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने मिटरब्याजी पीडितको ब्यानरमा शम्भु थापाको नेतृत्वमा र सचिवालय सदस्य विजय कँडेलको संयोजकत्वमा कोशी अञ्चल अध्यक्ष विरेश कुमार थापा र मेचि अञ्चल अध्यक्ष धुव्र शिवाकोटी सहसंयोजक रहनेछन् ।

रुट नं.२ ककनी, गंगबु, बालाजु नयाँबजार, रानीपोखरी हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने – नागरिक वचतको अध्यक्ष मण्डल सदस्य राजु पनेरुको नेतृत्वमा र प्रविन लामाको संयोजकत्वमा सचिवालय सदस्य लक्ष्मी ज्ञवाली, सचिवालय सदस्य कृष्ण वहादुर के.सी सगरमाथा अञ्चल अध्यक्ष सहसंयोजक रहने उल्लेख छ ।

रुट नं. ३ लुभु, लामाटार, सानागाउँ, ग्वार्को, लगनखेल, जावालाखेल, पुल्चोक, कुपण्डोल, माइतीघर, हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने निर्माण व्यवसायीको व्यानरमा ऋषिबाबु परियारको नेतृत्व र शक्ति शाहीको संयोजकत्वमा भेरी र नारायणी अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।

रुट नं. ४ स्वयम्भु, तहचाल, डल्लु, वसन्तपुर हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने सचिवालय सदय एवं ऋणी एसोसिएसन व्यानरमा प्रमुख देवी संग्रौलाको नेतृत्व र किशोर महर्जनको संयोजकत्वमा गण्डकी अञ्चल अध्यक्ष र लुम्विनी अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।

रुट नं.५ वनस्थली, सोह्रखुट्टे, ठमेल, लैनचौर, रानीपोखरी हुँदै कार्यक्रम स्थल तर्फ प्रवेश गर्ने अध्यक्ष मण्डल सदस्य एवं प्रशासन विभाग प्रमुख आनन्दप्रसाद प्याकुरेलको नेतृत्व र यातायात विभागको व्यानरमा सानुपुर्वछानेको संयोजकत्वमा धौलागिरी र राप्ती अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।

रुट नं.६ चावहिल, गौशला, जोरपाटी, मैतिदेवी, नक्शाल हुँदै कार्यक्रम स्थलतर्फ प्रवेश गर्ने सांकृतिक विभागको व्यानरमा अध्यक्ष मण्डल सदस्य एवं संगठन विभाग प्रमुख हरि कार्कीको नेतृत्व र डि. पी. बजगाईंको संयोजकत्वमा जनकपुर अञ्चल अध्यक्ष दिनेश पाखिन र कर्णाली अञ्चल अध्यक्ष रेणु शाही, भूपु संघका अध्यक्ष नपसिंह कार्कीको सहसंयोजक रहनेछन् ।

रुट नं.७ भक्तपुर, कोटेश्वर, तीनकुने, नयाँबानेश्वर र माइतीघर हुँदै कार्यक्रमस्थलतर्फ प्रवेश गर्ने उपत्यका संयोजक राजेन्द्र लाखाको नेतृत्व र यदुनाथ सिग्देलको संयोजकत्व र महाकाली, सेती अञ्चल अध्यक्ष सहसंयोजक रहनेछन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com