२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

सर्वोत्तम सिमेन्टको बुक बिल्डिङ आईपीओ सर्वसाधारणलाई निष्कासन गर्ने

काठमाडौ – सर्वोत्तम सिमेन्टले बुक बिल्डिङमार्फत सर्वसाधारणलाई आईपीओ निष्कासन गर्ने भएको छ । यस सिमेन्टले पहिलो पटक बुक बिल्डिङमार्फत फागुन १३ गतेदेखि आईपीओ बिक्री खुला गर्न लागेको हो ।

कम्पनीले सर्वसाधारणहरुका लागि २७ लाख ७६ हजार ७६ कित्ता सेयर जारी गर्न लागेको हो । कम्पनीले उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दा, वैदेशिक रोजगारीमा रहेका नेपाली, कर्मचारी तथा सामूहिक लगानी कोषलाई सेयर बाँडफाँट गरि बाँकी रहेको सेयर सर्वसाधारणलाई जारी गर्न लागेको हो । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धकमा ग्लोबल आईएमई क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । सर्वोत्तम सिमेन्टले बुक विल्डिङ विधिबाट निर्धारण भएको प्रति कित्ता ३६०.९० रुपैयाँ सेयर भाउमा आइपीओ जारी गर्न लागेको हो । सर्वसाधारणले न्यूनतम् ५० कित्तादेखि १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । यसमा फागुन १६ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै सेयर बिक्री नभएमा भने फागुन २७ गतेसम्म खुला रहनेछ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com