२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

मौद्रिक नीतिको अर्थवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कको गिरावट

काठमाडौँ । वित्त नीति (बजेट) सँगै मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा भएको यो साता नेप्सेमा ३४ अङ्कमाथिको गिरावट आएको छ । केन्द्रीय बैंकले सोमबार अर्थात् माघ २९ गते चालु आर्थिक वर्षको मौद्रिक नीतिको दोस्रो त्रैमासको समीक्षा गरेको थियो ।

मौद्रिक नीतिको समीक्षाले पुँजी बजार सम्बन्धी कुनै पनि नीतिमा पुनर्विचार नगरिदिएपछि लगानीकर्ताहरू केही प्रभावित हुन पुगेका छन् । अर्थतन्त्रको आन्तरिक तथा बाह्य स्थिति सकारात्मक नै रहेको बताउँदै केन्द्रीय बैंकले यसअघिकै मौद्रिक नीतिको पहिलो त्रैमासले लिएको नीतिकै निरन्तरता दिने बताएसँगै लगानीकर्ताहरू निराश बन्न पुगेका हुन् ।

मौद्रिक नीतिको समीक्षाले ब्याजदर करिडोर अन्तर्गतका दरहरूलाई यथावत् राख्दै सेयर धितो कर्जा र सोमा लाग्ने १२५ प्रतिशतको जोखिम भार समेत यथावत् राखिदिएपछि बजार उति उत्साहित बन्न सकेन ।

लगत्तै मंगलबार (फागुन १ गते) को सेयर बजार ३०.५६ अङ्कले घट्न पुगेको थियो । अघिल्लो साताको अन्तिम कारोबार दिन माघ २५ गते ५.६८ अङ्कले बढ्दै २ हजार ९६.३२ अङ्कमा उक्लिएको नेप्से सूचक आइतबार १०.५० अङ्कले घटेर २ हजार ८५.८२ अङ्कमा झरेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com