२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

क्रिकेट लिग-२ : नेपालविरुद्ध नेदरल्यान्ड्स १३७ रनमै अलआउट

काठमाडौँ- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ अन्तर्गतको पहिलो त्रिकोणात्मक एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको दोस्रो खेलमा नेदरल्यान्ड्सले नेपाललाई १ सय ३८ रनको सामान्य लक्ष्य दिएको छ ।

कीर्तपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्यान्ड्सले ३९ ओभरमा सबै विकेट गुमाएर १ सय ३७ रनमात्र बनाएको हो ।

नेदरल्यान्ड्सका लागि बास डी लिडेले २७, सायब्रान्ड एङ्गलब्रेचले २३ तथा कप्तान स्कट इडवार्ड्सले ३३ रन बनाए । नोआह क्रोएसले १२ रन जोडे ।

नेपालका लागि कुशल भुर्तेलले ४ र ललित राजवंशीले २ तथा सोमपाल कामी र कप्तान रोहित पौडेलले १-१ विकेट हात पारे ।

नेपालको टीममा रोहितकुमार पौडेल (कप्तान), आसिफ शेख, कुशल भुर्तेल, कुशल मल्ल, भीम सार्की, अनिलकुमार साह, दीपेन्द्र सिंह ऐरी, गुल्शन झा, सोमपाल कामी, ललित राजवंशी र देव खनाल रहेका छन् ।

करण केसी, सूर्य तामाङ, पवन सरार्फ र आरिफ शेखलाई बाहिर राखिएको छ ।

लिग- २ मा ८ देश खेलिरहेका छन् । जसमा नेपालसहित नेदरल्यान्ड्स, नामिबिया, क्यानडा, ओमान, स्कटल्याण्ड, युएई र अमेरिका रहेका छन् । आइसीसीका अनुसार लिग-२ मा शीर्ष ४ स्थानमा रहने टिम विश्वकप क्वालिफायरमा छनौट हुने छन् भने पछाडि रहेका ४ देशले पनि विश्वकपमा छनौट हुने अवसर पाउने छन् ।

नेपाल र नेदरल्यान्ड्सबीच यसअघि तीन एकदिवसीय खेल भएका छन् । जसमा नेदरल्यान्ड्सले २ र नेपालले एक खेल जितेको छ । नेपालले आफ्नो पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेल नेदरल्यान्ड्ससँग नै २०१८ को अगस्त १ मा खेलेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com