२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

गुठीको जग्गामा रहेका जनताको समस्या समाधान गर्न सांसद नारायणी शर्माको माग

काठमाडौँ । सांसद नारायणी शर्माले राष्ट्रिय भूमि आयोगले काम गरिरहे पनि राजस्व तिर्न नसक्दा जनताले जमिन पाउनबाट वञ्चित रहेको बताएकी छिन् । उनले भूमिहीन तथा गुठीको जग्गामा रहेका जनताका समाधान गर्नका लागि सरकारका लागि ध्यानाकर्षण गराएकी छिन् ।

आइतबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद शर्माले भनिन्– ‘भूमि आयोगले काम गरिरहे पनि कैयौँ कानुनी जटिलताका कारण जनताले जग्गाधनी पुर्जा पाउन सकिरहेका छैनन् । अधिक राजस्वले गर्दा जनताले पुर्जा लिन सक्ने अवस्था पनि छैन । नियम कानुनले पनि पुर्जा लिन समस्या भइरहेको छ । वनसम्बन्धी नियम वाधक भए त्यसलाई बदल्नुपर्ने र वनको समस्या हो भने जमिन साटफेर कार्यक्रम बनाएर भए पनि टुङ्गोमा पुर्‍याउनुपर्छ ।’

यस्तै गुठीको जग्गाको समस्या रहेको बताउँदै वर्षौदेखि उनीहरुले खेती गर्दै आए पनि दाङ लगायतका क्षेत्रमा गुठीको जग्गाको कारण जनताहरू समस्यामा रहेको बताउँदै सांसद शर्माले सरकारको ध्यानाकर्षण गराइन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com