२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

साहब आलमले लिए २ बलमा २ विकेट, क्यानडा दबाबमा

काठमाडौं । नेपाल ए का बलर साहब आलमले लगातार २ बलमा २ विकेट लिएका छन् । क्यानडा ११ सँगको खेलमा उनले ९.४ र ९.५ ओभरमा विकेट लिएका हुन् ।

उनले १० रन बनाएका दिलप्रित बाजवालाई एलबीडब्लू आउट गरे भने लगत्तैको बलमा हर्श थाकरलाई बोल्ड गरे ।

नेपाल ए सँगको एकदिवसीय क्रिकेटमा २१७ रनको लक्ष्य पछ्याएको क्यानडाले १० ‌ओभरको खेल सकिँदा ४ विकेट गुमाएर ४५ रन मात्र बनाएको छ।

३.१ ओभरमा रसिद खानले आरोन जोनसनलाई साहब आलमको हातबाट क्याच गराएका थिए । ओपनर आरोनले २ रन मात्र बनाउन सके ।

त्यस्तै प्रतिश जिसीले २.३ ‌ओभरमा श्रीमन्था विजयरत्नेको विकेट लिएका थिए । श्रीमन्था ५ रनमा आउट भए ।

यसअघि मूलपानीमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २१६ रन बनाएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com