२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

उपकुलपति नियुक्तिमा प्रधानमन्त्रीले झुक्याउनुभयो : गगन थापा

काठमाडौं । नेपाली कांग्रेससका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री पुष्पकमल दाहालले त्रिभुवन विश्वविद्यालयको उपकुलपति छनोट गर्ने प्रक्रियामा नागरिकलाई झुक्याएको टिप्पणी गरेका छन् । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा उनले प्रधानमन्त्रीले खुला प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्छु भनेर राजनीतिक भागवण्डा नै गरेको आरोप लगाएका हुन् ।

विश्वविद्यालयको नेतृत्व चयनदेखि नै त्रिभुवन विश्वविद्यालयमा सुधार गर्नुपर्नेमा प्रधानमन्त्रीले पुनः गल्ती दोहार्‍याएको थापाले बताए ।

‘अहिले खुला प्रतिस्पर्धा गर्छु भनियो तर नियत भागबण्डाकै राखियो । जसकारण परिणाम एउटै आउने भयो । झुक्याइयो । अहिले त मन सफा गरेर सुधारको संकेत दिने मौका पाएको बेलामा प्रधानमन्त्रीज्यूलाई सबैलाई झुक्याएँ भन्ने लागेको होला, आफैं झुक्किरहनुभएको छ । मौकाको सदुपयोग नगर्नु भनेको आफैं झुक्किनु हो’, उनले भने ।

विश्वविद्यालय सुधार गर्न उपकुलपति नियुक्तिदेखि नै ध्यान दिनुपर्ने र यसपटक राम्रो अवसर आउँदा पनि गुम्न लागेको महामन्त्री थापाले बताए । उनले प्रधानमन्त्रीले चाहेमा अझै पनि नयाँ प्रक्रिया थालनी गरेर योग्य व्यक्तिलाई उपकुलपति बनाउन सकिने धारणा राखे ।

‘म यसरी भागबण्डा गर्दिन, म नेतृत्व चयन ठीक ढंगले गर्छु भनेर अहिले पनि उहाँले नयाँ प्रक्रिया थालनी गर्न सक्नुहुन्छ । अहिले पनि खोजेर ल्याएको उपकुलपति बनाउन सक्नुहुन्छ । यो अधिकार कानुनले दिएको छ । अझै पनि उहाँको गर्ने इच्छाशक्ति छ भने यो बिन्दुबाट पनि उहाँले सच्याउन सक्नुहुन्छ’, उनले भने ।

महामन्त्री थापाले अगाडि भने, ‘सच्याउनुभएन र भागबण्डा नै गर्नुभयो भने भोलि गएर उहाँले यो विषयका बारेमा अनेकन ठाउँमा गएर उच्चशिक्षा राम्रो बनाउनुपर्छ, विश्वविद्यालय राम्रो बनाउनुपर्‍यो भन्नेकुराको कुनै पनि तुक रहँदैन ।’

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com