२०८१ बैशाख १६ - Sun Apr, 2024 -

Janasewa News

विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको बर्खास्तीका बारेमा जानकारी गराउन एमालेको माग

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले अब बस्ने बैठकमा विभिन्न प्रकरणमा मुछिएका मन्त्रीहरूको बर्खास्तीका बारेमा जानकारी गराउन माग गरेको छ ।

शुक्रबार बसेको प्रतिनिधि सभाको दोस्रो बैठकमा एमाले सचेतक महेश बर्तौलाले बालकुमारी घटनामा छानबिन आयोगले दोषी ठहर्याएका मन्त्री प्रकाश ज्वाला, टेरामक्स प्रकरणमा अख्तियारमा बयान दिएका मन्त्री मोहन बस्नेत र रामग्राम प्रकरणमा मुछिएका मन्त्री सुदन किरातीको बर्खास्तीका बारेमा प्रधानमन्त्रीले अर्को बैठकमा जानकारी गराउन माग गरेका हुन् ।

आफूहरूको माग प्रधानमन्त्रीसँग रहे पनि कतिपय सत्तारूढ सांसद आफैँ प्रधानमन्त्री जसरी बैठकमा प्रस्तुत भएको भन्दै उनले आपत्ति जनाए । उनले एमालेले महत्वपूर्ण कुरा उठाउँदा सरकारले सुने नसुनेको झैं गरेको जिकिर गरे ।

त्यस्तै कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदमा कुनै पनि अवरोध नगरी संयमता र धैर्यताका साथ प्रस्तुत हुन प्रतिपक्षी दलहरूलाई आग्रह गरे । संसदमा हुने आरोप प्रत्यारोप र घोचपेचलाई सदनमा स्वाभाविक रूपमा लिएर जानुपर्ने उनले बताए । अधिवेशनबाट धेरै विधेयक पारित गर्नुपर्ने भएकाले सबै मिलेर अगाडि बढ्नुपर्ने उनको भनाइ छ ।

बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठकमा उठेका विषयको सदनलाई जवाफ दिन सरकारलाई निर्देश गरे ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com