२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

बहुमुखी क्याम्पसद्धारा आयोजित नीलकण्ठ क्याम्पस कबड्डी कप २०८० सम्पन्न

धादिङ ।  ने.क पा माओवादी निकट अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीकोे आयोजनामा सञ्चालन भएको ‘नीलकण्ठ कबड्डी कप २०८०’को शनिबार समापन गरिएको हो ।

नीलकण्ठ नगरपालिकाको नगर उपप्रमुख दिपक विश्वकर्माको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्माको विशेष आतिथ्यता रहेको थियो ।

भैरबी खनाल श्रेष्ठ मोटर ड्राइभिङ सेन्टर (माले बगर) र एपोष्टल एकेडेमिक बोर्डिङ स्कुल( निलकण्ठ – ०४)को प्रायोजनमा सञ्चालन भएको प्रतियोगितामा नीलकण्ठ माध्यमिक विद्यालयका सुमन शाक्य, अनिल वि.क.,रोशन मगर, प्रमोद श्रेष्ठ,महेश लामा,रुपक शाक्य,सुशिल गुरुङ र निखिल सुनारको समुह प्रथम भएको छ भने पुरस्कार स्वरुप १० हजार नगद र साथमा कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

त्यस्तै दित्तिय हुने रोशन तामाङ, अनिश गुरुङ, अनुप रिजाल, सयल खाँण ठकुरी, उत्तम गुरुङ,तोक बहादुर गुरुङ, कञ्चन कुमार श्रेष्ठ, पाबास गुरुङ र योयल तामाङको समुहले पाँच हजार नगद र साथमा मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् भने तृतिय हुने समुहले मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् ।

कार्यक्रममा नीलकण्ठ नगरपालिकाका उपप्रमुख दिपक विश्वकर्मा, नीलकण्ठ बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख नवराज शर्मा, अखिल क्रान्तीकारी नीलकण्ठ बहुमुखी क्याम्पस ईकाई कमिटीका अध्यक्ष ईश्वर आचार्य, माओवादी केन्द्र जिल्ला समन्वय समिति सदस्य हरिकृष्ण लम्साल, अखिल क्रान्तीकारी बागमती प्रदेश सदस्य उद्धव रिजाल, अखिल क्रान्तीकारी धादिङ जिल्लाको सह–सचिव श्रीकृष्ण रिजाल, अखिल क्रान्तीकारी धादिङ जिल्ला सदस्य गजेन्द्र गुरुङ, जिल्ला कबड्डी संघ धादिङका अध्यक्ष रत्नेश यादव, स्वतन्त्र विद्यार्थी युनियन सभापति नवराज त्रिपाठी, लगायत अन्य जनप्रतितिधी तथा खेलाडीहरुको उपस्थिति रहेको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com