२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

संसदमा प्रधानमन्त्रीको आलोचना

काठमाडौँ- प्रमुख प्रतिपक्षी दल एमालेले समसामयिक विषयमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिन नआएपछि प्रधानमन्त्री हराएको सूचना निकाल्नुपर्ने भन्दै व्यंग्य गरेको छ ।

शुक्रबार प्रतिनिधिसभा बैठकलगत्तै एमाले सांसद सूर्य थापाले दुई युवाको ज्यान जानेगरी भएको बालकुमारी घटनासहितमा दोषी देखिएका र मुछिएका मन्त्रीलाई बर्खास्त गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नआएपछि बैठक अघि बढ्न नसक्ने बताए ।

सभामुख देवराज घिमिरेले गरेको रुलिङविपरीत प्रधानमन्त्री प्रचण्ड जवाफ दिन बैठकमा नआएपछि एमालेसहित प्रतिपक्षी दलले आपत्ति जनाएका छन् ।

बालकुमारी घटनामा छानबिन आयोगको प्रतिवेदनमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालालाई दोषी देखाएको छ । साथै टेरामक्स प्रकरण मुछिएका स्वास्थ्यमन्त्री मोहन बस्नेत र लुम्बिनी विकास कोषले ९९ वर्षका लागि जग्गा भाडामा दिएको प्रकरणमा मुछिएका संस्कृतिमन्त्री सुदन किरातीले राजीनामा दिनुपर्ने एमालेसहितका प्रतिपक्षी दलले माग गर्दै आएका छन् ।

उनीहरूले राजीनामा नदिए प्रधानमन्त्रीले बर्खास्त गर्नुपर्ने उनीहरूको माग छ । तर, यसबारे पटक पटक सभामुख घिमिरेले जवाफ दिन सरकारको नाममा रुलिङ जारी गरिसकेका छन् । तर, प्रधानमन्त्री संसद छलेर हिँडेपछि प्रतिपक्षी दल आक्रोशित भएका हुन् ।

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले पनि सरकारको जवाफ नआएसम्म सदन चल्न नसक्ने चेतावनी दिए । प्रतिपक्षी दलका सांसद उठेर विरोध जनाइरहेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com