२०८१ बैशाख १५ - Sat Apr, 2024 -

Janasewa News

कागजात चोरी गरेको आरोपमा मेटाले एक पूर्व कर्मचारीविरुद्ध दायर गर्‍यो मुद्दा

काठमाडौँ- सामाजिक सञ्जाल फेसबुकको माउ कम्पनी मेटा प्लेटफर्म्स इन्कले कागजात चोरी गरेको भन्दै आफ्ना एक पूर्व उपाध्यक्षमाथि मुद्दा दायर गरेको खुलासा भएको छ ।

मेटामा १२ वर्ष काम गरेका दिपिन्दर सिंह खुरानामाथि कार्यालय छाड्ने समयमा कम्पनीको अत्यधिक संवेदनशील, गोप्य र सार्वजनिक गर्न नमिल्ने कागजात चोरी गरेको आरोपमा मुद्दा दायर गरिएको ब्लुमबर्गले जनाएको छ ।

खुरानाविरुद्ध मेटाले गत फेब्रुअरी २९ तारिखमै क्यालिफोर्निया स्टेट कोर्टमा दायर गरिए पनि उक्त विषयलाई गोप्य राखिएको थियो । उनीमाथि आफ्नो सम्झौता उल्लंघन गरेको आरोप लगाइएको छ ।

मेटाले दाबी गरेअनुसार कम्पनी छाड्दै गर्दा खुरानाले मेटामा कार्यरत कर्मचारीको तलब र काम साथै कम्पनीले गरेका सम्झौता जस्ता कागजात व्यक्तिगत गुगल ड्राइभ र ड्रपबक्स अकाउन्टमा राखेका थिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com