सुनचाँदीको मूल्य घट्यो

काठमाडौँ – नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा पाँच सय रूपैयाँले घटेको हो ।
आज छापावाल सुन तोलामा १ लाख २४ हजार ५०० मा कारोबार भइरहेको छ । यस्तै तेजावी सुन १ लाख २३ हजार ९०० मा कारोबार भइरहेको छ ।
आइतबार छापावाल सुन १ लाख २५ लाखमा कारोबार भएको थियो भने तेजाबी सुन १ लाख २४ हजार ४०० मा कारोबार भएको थियो ।
यस्तै चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज १ हजार ५२० मा कारोबार भइरहेको छ । आइतबार चाँदी १ लाख ५३० मा कारोबार भइरहेको थियो ।