२०८१ बैशाख १७ - Mon Apr, 2024 -

Janasewa News

होलीले पारस्परिक एकता कायम गरेको छ : सभापति देउवा

काठमाडौँ – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको हिमाल, पहाड र तराईमा हर्षोल्लासका साथ मनाइने होलीपर्वले पारस्परिक एकता र सामाजिक सद्भाव कायम राखेको बताएका छन् ।

फागु पर्वका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै सभापति देउवाले अन्यायमाथि न्यायको सन्देश दिने फागुलाई नेपाली समाजले हरेक वर्ष पारिवारिक स्नेह, पारस्परिक एकता र सामाजिक सद्भावका साथ मनाउँदै आएको बताएका हुन्

“फागुपर्वमा खेलिने विविध रङ्गजस्तै नेपाली समाज पनि जातीय, भाषिक र सांस्कृतिकरूपले विविधतापूर्ण रहेको छ, यही विविधताबीचको एकता नेपालीको विशिष्ट पहिचान बनेको छ, फागुपर्व हाम्रो एक धार्मिक र सांस्कृतिक पर्व हो”, सभापति देउवाद्वारा जारी शुभकामना सन्देशमा भनिएको छ ।

सभापति देउवाले वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश दिने फागुपर्वले सबैको घरपरिवारमा सुख, शान्ति र समृद्धिको वातावरण सिर्जना गर्दै पारस्परिक एकता र सामाजिक सद्भाव अभिवृद्धिमा  प्रेरित गर्ने बताएका छन् ।

साथै उनले नेपालको हिमाल, पहाड र तराईका जिल्लामा  हर्षोल्लासका साथ एकअर्कालाई रङ लगाई खुसीयाली साटासाट गर्दै खेलिने फागुपर्वको पावन अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गरेका छन् ।

रासस

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com