२०८१ बैशाख १९ - Wed May, 2024 -

Janasewa News

उपप्रधानमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच भेटवार्ता

काठमाडौँ- उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।

जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ र चिनियाँ विदेशमन्त्री यीबीच आज बेइजिङको स्टेट गेस्ट हाउसमा द्विपक्षीय भेटवार्ता भएको हो

उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री श्रेष्ठ समकक्षी यीको मैत्रीपूर्ण निमन्त्रणामा चीन भ्रमणमा पुगेका हुन् । चीनमा रहँदा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ समकक्षी तथा बेइजिङ र अन्य प्रान्तहरूमा चीनका उच्च स्तरका विभिन्न व्यक्तित्वसँग भेट गर्ने कार्यक्रम छ ।

उपप्रधानमन्त्री श्रेष्ठले आजै चिनियाँ जनराजनीतिक परामर्श दातृ सम्मेलन (सिपिपिसिसी) का केन्द्रीय अध्यक्ष वाङ हुनिनसँग भेटवार्ता गर्ने छन् । त्यस्तै उनले चिनियाँ कम्युनिष्ट पार्टीको अन्तर्राष्ट्रिय विभाग (आइडिसिपिसी) का उपमन्त्री सुन हाइयानसँग पनि भेट गर्ने कार्यक्रम छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com