२०८१ बैशाख १४ - Fri Apr, 2024 -

Janasewa News

माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको छ : विप्लव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले माओवादी केन्द्रसँग एकताको बहस चलिरहेको बताएका छन् ।

शुक्रबार काठमाडौँमा आयोजित पार्टी ध्रुवीकरण कार्यक्रममा विप्लवले पार्टीले सबै कम्युनिष्टसँग एकता लागि प्रयास गरिरहेको र माओवादी केन्द्रसँग पनि एकताको बहस भइरहेको जानकारी दिए । उनले दुईतिहाई बढी जनताले स्वीकार गरेको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध गरेर मुलुकको समाजवादी विकासमा अघि बढ्नुपर्ने धारणा राखे ।

विप्लवले समाजवादीमा मोर्चाभित्र पनि कम्युनिष्टहरूलाई एकपटक जनताप्रति फर्काउनुपर्छ भन्नेमा एकमत रहेको जिकिर गरे। त्यस्तै उनले मुलुकको परिवर्तनमा योगदान गरेको जनयुद्धलाई अवमूल्यन गर्ने काम भएको भन्दै सत्य कुरालाई ढाकछोप गरेर जनतालाई भ्रमित गर्ने कामलाई संयमतापूर्वक चुनौती दिनुपर्ने बताए ।

उनले जनयुद्धमा सहभागी दलहरू एक भएर अहिलेको अवस्थाका बारेमा समीक्षा गर्ने बेला आएको समेत बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com