२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

इलाम–२ मा नेकपा एकीकृत समाजवादीले जित्छ : झलनाथ खनाल

इलाम । पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा आफ्नो पार्टीले चुनाव जित्ने दाबी गरेका छन् । शनिवार इलाममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् ।

उनले आफ्नो पार्टीका उम्मेदवार जितबहादुर राईले चुनाव जित्ने बताए । खनालले अरु पार्टीहरुले उम्मेदवारी फिर्ता लिएर एकीकृत समाजवादीका उम्मेदवारलाई चुनावमा सहयोग गर्न आह्वान समेत । उनले नेपालको राष्ट्रिय राजनीति अल्मलिएको बताउँदै पछिल्लो सत्ता गठबन्धनका नेताहरुले बुद्धि पुर्याएर सत्ता गठबन्धन अघि बढाउनुको विकल्प नरहेको जिकिर गरे । नेता खनालले अहिले विचार मिल्नेहरुको बिचमा सत्ता सहकार्य भएकाले लामो समय टिक्ने बताए ।

खनालले भने, ‘नेपालको राष्ट्रिय राजनीति यो पछिल्लो निर्वाचन पछि निकै नराम्रो ढंगले अल्मलियो । दिशाहिन हुने हो कि के हो ? भन्ने डरलाग्दो परिस्थिति सिर्जना भएको थियो । पछिल्लो अवधिमा आएर फेरि अलि विचार मिल्नेहरुको बीचमा एकता गर्नुपर्छ भनेर अहिले वामपन्थी शक्तिहरुको सरकार बनेको छ । अहिले हामी अलग अलग हिँडौँ, प्रतिस्पर्धा गरौँ, आफ्नो आफ्नो शक्ति निर्माण गरौँ, अझै ठूलो चुनौतिपूर्ण परिस्थितिमा अझै राम्रो एकता होला भन्ने हिसाबले अहिले यसमै सहमति गरेका हौँ । यो प्रतिष्पर्धाको सहमति हो ।’

उनले इलाममा आफूहरुको उम्मेदवारी फिर्ता नहुने समेत बताए । ‘हाम्रो उम्मेदवारी फिर्ता हुँदैन । नेकपा एकीकृत समाजवादीको उम्मेदवारलाई सबै पार्टीले सहयोग गरे इलामको विकास हुन्छ । इलाममा हाम्रो पार्टीले जित्दैछ, जितबहादुर, नामै छ । हामीले त्यत्तिकै उठाएका छैनौँ, उहाँसँग योग्यता पनि छ । धेरै चकित हुनेछन् ।’

उनले अहिलेको सत्ता सहकार्य प्रतिष्पर्धाको मात्रै भएको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com