२०८१ बैशाख २१ - Fri May, 2024 -

Janasewa News

पूर्वराष्ट्रपति भण्डारीलाई एमालेद्वारा राष्ट्रिय गौरव पदकबाट सम्मान

काठमाडौँ- नेकपा एमालेले पार्टीको हिरक जयन्ती महोत्सवमा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेको छ ।

ललितपुरको गोदावरीमा नेकपा स्थापनाको हीरक महोत्सवको विशेष कार्यक्रममा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्टपति भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गरेका हुन् ।

आइतबार समापन भएको एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषदको बैठकले भण्डारीलाई राष्ट्रिय गौरव पदकबाट सम्मान गर्ने निर्णय गरेको थियो ।

पूर्वराष्ट्रपति भण्डारीले लोकतान्त्रिक आन्दोलनमा, कम्युनिष्ट आन्दोलनमा पुर्याएको योगदान र राष्ट्रिय स्वाभिमानको रक्षाका लागि अडान लिएका व्यक्तिहरूलाई सम्मान गर्ने घोषित योजनाअनुसार पूर्वराष्ट्रपति भण्डारीलाई सम्मान गरेको एमालेले जनाएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
www.janasewanews.com