२०८१ श्रावण १२ - Sat Jul, 2024 -

Janasewa News

बेपत्ता योद्धाहरूका बारेमा राज्य बेपरवाह जस्तो देखियो : विप्लव

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेपरवाह जस्तो देखिएको बताएका छन् ।

१५ औं राष्ट्रिय बेपत्ता योद्धा स्मरण दिवसको सन्दर्भमा बेपत्ता योद्धा परिवार समाज, नेपालले सोमबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा विप्लवले मुलुकको परिवर्तनमा सहिद बेपत्ताहरूको महत्वपूर्ण योगदान भए पनि अहिले बेपत्ता योद्धाहरूका बारेमा राज्य बेपरवाह जस्तो देखिएको बताएका हुन् ।

उनले जनयुद्धमा बेपत्ता भएकाहरू राज्यको परिवर्तनका हकदार भएकाले उनीहरूको स्वामित्व राज्यले लिनुपर्ने बताए । उनले संक्रमणकालीन न्यायका विषयमा दलहरूबीच फरक–फरक नभइ समाज धारणा बनाउनुपर्ने र बेपत्ता योद्धा परिवारका गुनासा सुन्नुपर्नेमा जोड दिए ।

सहिद परिवारका बारेमा राज्य अलि गम्भीर देखिएपनि बेपत्ता परिवारको खोजीका लागि राज्य गम्भीर नदेखिएको उनको भनाइ छ

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com