२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

पार्टीभित्रकै नेताहरूले पार्टीविरुद्ध भ्रम छर्ने र विवाद ल्याउने काम गरे : अध्यक्ष लिङ्देन

काठमाडौँ- राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका लागि अहिले सहज अवस्था सिर्जना हुँदै गएको बताएका छन् ।

शनिबार काठमाडौँमा आयोजित प्रशिक्षण कार्यक्रममा लिङ्देनले पुराना दल र मुलुकको व्यवस्थाप्रति जनताको निराशा बढ्दै गएको भन्दै पार्टीका लागि सहज अवस्था सिर्जना हुँदै गएको बताएका हुन् । उनले राप्रपाको आवश्यकतालाई मध्यनजर गर्दै त्यही अनुसार तयारी गरी जनताको मत जित्न सके चुनाव जित्न कुनै कठिनाइ नहुने जिकिर गरे ।

निर्वाचनका क्रममा जुम्लामा सहकार्यका लागि एमाले अध्यक्ष केपी ओलीसँग कुरा गर्दा अस्वीकार गरेको स्थानमा राप्रपाले एक्लै जितेको उनले स्मरण गरे । लिङ्देनले सही उम्मेदवार सही हिसाबले उठाउने हो भने जनताले विश्वास गर्ने र चुनाव जित्ने सम्भावना देशैभर रहेको दाबी गरे ।

उनले पार्टीभित्रकै नेताहरूले पार्टीविरुद्ध भ्रम छर्ने, विवाद ल्याउने काम गरेको भन्दै कारबाही गर्ने चेतावनी दिए । जनताको आशा र भरोसाको एकमात्रै पार्टी राप्रपा भएकाले पार्टीलाई बलियो बनाउनका लागि भूमिका खेल्न उनले निर्देशन दिए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com