२०८१ माघ २६ - Sat Feb, 2025 -

Janasewa News

सहकारी छानबिन समितिद्वारा आन्तरिक कार्यविधि पारित

काठमाडौँ- सहकारी संस्था बचत रकम संसदीय छानबिन विशेष समितिले आन्तरिक कार्यविधि पारित गरेको छ ।

संसद् भवन नयाँ बानेश्वरमा आइतबार बसेको छानबिन समितिले सुझावसहित आन्तरिक कार्यविधि सर्वसम्मतले पारित गरेको समिति संयोजक सुर्य थापाले जानकारी दिए । विगतमा विभिन्न छानबिन समिति, जाँचबुझ आयोग लगायतले विगतमा अध्ययन गरेका प्रतिवेदन उपलब्ध गराउन सम्बन्धित निकायलाई पत्राचार गरिएकोमा अधिक संख्यामा पत्र प्राप्त भएको र बाँकी प्रतिवेदन उपलब्ध गराउन निर्देशन दिइसकेको उनले बताए ।

उनले आगामी दिनमा संघीय सहकारी मन्त्रालय, सहकारी विभाग, सहकारी बोर्ड र समस्याग्रस्त सहकारीका व्यवस्थापन लगायतका निकायहरूसँग समितिले छलफल गर्ने उल्लेख गरे । सहकारी प्रकरणमा सम्बन्धित व्यक्तिहरूसँग सोधपुछ गर्ने र थप अनुसन्धान गरेर दोषीलाई कारबाही गर्न सिफारिस गर्ने उनको भनाइ छ ।गत जेठ १५ गते सहकारीको बचत रकम अपचलनसम्बन्धी छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको थियो । समितिलाई पहिलो बैठक बसेको मितिले तीन महिनाभित्र कार्य सम्पन्न गरी प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com