२०८३ बैशाख ३ - Thu Apr, 2026 -

Janasewa News

नेता-कार्यकर्तालाई देउवाको निर्देशन : पार्टीलाई कसैले हराउन नसक्ने गरी काम गर्नुस्

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई कसैले पनि हराउन नसक्ने गरी काम गर्न कार्यकर्तालाई निर्देशन दिएका छन् ।

शनिबार नवलपरासी पश्चिमको परासीमा नेता कार्यकर्ता भेटघाटका क्रममा उनले कांग्रेसलाई बलियो बनाउन निर्देशन दिएका हुन् । उनले चुनावमा हुने अन्तर्घात अन्त्य गर्न अहिलेदेखि नै योग्यता र

क्षमताका आधारमा नेता कार्यकर्तालाई पार्टीभित्रको पदमा जिम्मेवारी दिन पनि निर्देशन दिएका छन् । त्यस्तै सबै तहमा प्रशिक्षण कार्यक्रमहरु राख्न र राजनीतिक विचारहरु प्रवाह गर्न पनि निर्देशन दिएका छन् ।

देउवाले पार्टीमा दण्ड र पुरस्कारको थिति बसाल्ने भन्दै ढुक्क भएर काम गर्न कार्यकर्तालाई आग्रह गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com