२०८१ माघ ५ - Sat Jan, 2025 -

Janasewa News

नेकपा एसको ठहर : अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले अहिले सरकार परिवर्तन गर्ने कदम दक्षिणपन्थी अवसरवाद भएको ठहर गरेको छ ।

शुक्रबार काठमाडौँमा सम्पन्न पार्टीको दशौं राष्ट्रिय महाधिवेशनबाट समसामयिक प्रस्ताव पारित गर्दै नेकपा एकीकृत समाजवादीले सत्तास्वार्थका लागि जोसँग जतिखेर पनि जस्तोसुकै सम्झौता गरी अस्थिरता कायम गर्नु दक्षिणपन्थी अवसरवाद रहेको जनाएको हो ।

महाधिवेशनले वर्गसंघर्षलाई सही दिशा दिनुका साथै समाजवादी क्रान्तिका लागि वामपन्थीबीच सहकार्य र एकताका लागि वामपन्थी शक्तिलाई आह्वान गरेको छ । त्यस्तै महाधिवेशनले व्याप्त भ्रष्टाचारप्रति चिन्ता व्यक्त गर्दै भ्रष्टाचारविरोधी आन्दोलनमा जुट्न पार्टीपङ्क्तिलाई निर्देशन दिएको छ भने भ्रष्टाचारीलाई कारबाही गर्न माग गरिएको नेता गंगालाल तुलाधरले जानकारी दिए ।

त्यस्तै प्राकृतिक प्रकोपको जोखिमको पूर्वतयारीलाई बलियो बनाउन र जोखिमबाट नागरिकलाई मुक्त गर्ने गरि काम गर्न सरकारलाई आग्रह गरेको उनले बताए ।

महाधिवेशनले ९३ सदस्यीय केन्द्रीय कमिटी घोषणा गरेको छ । अध्यक्ष मण्डलका अध्यक्ष झलनाथ खनालले अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल र महासचिव घनश्याम भुसालसहितका ९३ जना नेताहरूको केन्द्रीय कमिटी घोषणा गरेका हुन् ।

उनले बाँकी केन्द्रीय सदस्यहरूको नाम कलष्टर योगदानका आधारमा छिटै सार्वजनिक गरिने बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com