२०८२ जेष्ठ ६ - Tue May, 2025 -

Janasewa News

सिम्रिका रिजालले सर्वोत्कृष्ट अङ्क ल्याएर रचिन नुवाकोटको इतिहास, ल्याइन ४ जिपिए

विदुर – माध्यामिक शिक्षा परीक्षा (एसइइ) मा नुवाकोटकी एक विद्यार्थीले सर्वोत्कृष्ट अङ्क ल्याएन सफल भएकी छिन् । विदुर नगरपालिका २ बट्टारमा रहेको सुभेनियर बोर्डिङ्गकी सिम्रिका रिजालले सर्वोत्कृष्ट अङ्क ४ जिपिए ल्याई नेपालकै उत्कृष्ट बनेको विद्यालयका प्रधानाध्यापक ताराबहादुर कार्कीले जानकारी दिए ।

यो सँगै नुवाकोट जिल्लाकै इतिहासमा पहिलोपटक ४ जिपिए ल्याएर उत्कृष्ट स्थान हासिल गरेको जनाएको छ । उनले प्राप्त गरेको नतिजासँगै सिंगो नुवाकोट जिल्लाको नाम रहन सफल भएको छ । उनको यो सफलताप्रति उनका परिवार, विद्यालय मात्रै होइन नुवाकोटबासीले नै खुशी व्यक्त गरेका छन् ।

उनको नतिजा विद्यालयले सार्वजनिक गरेसँगै सामाजिक सञ्जालबाट बधाईको ओइरो लागेको छ । विद्यालयले पनि उनलाई सम्मानको तयारी गरेको छ भने विदुर नगरपालिकाले पनि सम्मान गर्ने बताइएको छ । निजी विद्यालयमा अध्ययन गरेकी रिजालले उच्च शिक्षा अध्ययनको “ए लेवल” तयारी गरिरहेको उनकी आमा शान्ता धितालले जानकारी दिईन् ।

राष्ट्रिय परीक्षा बोर्डले आज सार्वजनिक गरेको नतिजामा देशभरबाट जम्मा १८६ जनाले ४ जीपीए ल्याएका छन् ।परीक्षामा सहभागी भएका कुल विद्यार्थीमध्ये ४७.८६ प्रतिशत विद्यार्थीमात्रै उत्तीर्ण भएका छन् । परीक्षा १५ चैतदेखि २७ चैतसम्म भएको थियो ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com