२०८१ मंसिर २६ - Wed Dec, 2024 -

Janasewa News

सहकारी छानबिन समितिले गृहसँग छलफल गर्ने

काठमाडौँ- सहकारी संस्था बचत रकम दुरुपयोग संसदीय छानबिन विशेष समितिले गृह मन्त्रालयसँग छलफल गर्ने भएको छ ।

सिंहदरबारमा शुक्रबार बसेको समिति बैठकले आगामी बैठकमा गृहमन्त्री र मन्त्रालयका अन्य अधिकारीसँग छलफल गर्ने निर्णय गरेको हो । सहकारी ठगी प्रकरणमा जोडिएर देश बाहिर रहेकालाई स्वदेश फर्काउन भइरहेका पहलका बारेमा गृह मन्त्रालयसँग छलफल गर्न लागिएको समिति संयोजक सूर्य थापाले जानकारी दिए ।

शुक्रबारको बैठकमा समितिले तीन जना पूर्व अर्थमन्त्रीहरूसँग छलफल गरेको थियो । सो क्रममा उनीहरूले सहकारीमा देखिएको समस्या र समाधानका सुझाव दिएको समिति संयोजक थापाले बताए ।

संयोजक थापाले सहकारी ठगी प्रकरणका विषयमा कुनै जानकारी भए समितिमा अवगत गराउन पनि आग्रह गरेका छन् ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com