२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

हमासले भन्यो– युद्धविराम ‘भ्रम’ मात्र

गाजा । प्यालेस्टिनी सशस्त्र समूह हमासले इजरायल-गाजा युद्धविरामलाई ‘भ्रम’ को संज्ञा दिएको छ। यसअघि अमेरिकी राष्ट्रपति जो बाइडेनले युद्धविरामबारे सम्झौता हुनेमा आफू आशावादी रहेको बताएका थिए ।

अमेरिकी समर्थनमा कतारमा दुई दिनसम्म चलेको वार्तापछि राष्ट्रपति बाइडेनले शुक्रबार भने, ’हामी पहिलेभन्दा युद्धविरामको नजिक छौँ।’ हमासका एक वरिष्ठ अधिकारीले भने युद्धविराम सम्झौतामा कुनै प्रगति नभएको बीबीसीलाई बताए । हमासले यस विषयमा मध्यस्थकर्ताले भ्रम फैलाएको बताएको छ ।

इजरायलले अमेरिका र मध्यस्थकर्ताहरूले हमासलाई मनाउन प्रयास गर्ने प्रयासको सराहना गर्दै उसले बन्धकहरूलाई रिहा गर्न अस्वीकार गरिरहेको दाबी गरेको छ । यसअघि संयुक्त विज्ञप्तिमा अमेरिका, कतार र इजिप्टले युद्धविराम र इजरायल र हमासबिचको मतभेद कम गर्न सक्ने बन्धकहरूको रिहाइसम्बन्धी प्रस्ताव राखेको बताएका थिए।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com