२०८१ माघ २ - Wed Jan, 2025 -

Janasewa News

नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्छ : वामदेव गौतम

काठमाडौँ । राष्ट्रिय सभा सदस्य वामदेव गौतमले शीर्ष नेताहरूका कारण राजनीतिप्रति वितृष्णा पैदा भएको बताएका छन् । बिहीबारको राष्ट्रिय सभा बैठकमा बोल्दै उनले  यस्तो बताएका हुन्।

गौतमले नेपाललाई विकसित बनाउने हो भने फोहोरी राजनीति बन्द गर्नुपर्ने बताए । उनले जहाँ पनि कम्युनिस्ट—कांग्रेस मिल्न आवश्यक नरहेको बताए । उनले राजनीतिक दलहरूले जनताको अधिकार अपहरण गरेको बताए । उनले नागरिकको मानसिक शोषण गर्ने अधिकार कसैलाई नरहेको पनि बताए ।

उनले भने, ‘ निरंकुश राजतन्त्रको अन्त्य गर्नका लागि हामी मिल्यौँ । संविधान सभाको आयोजना गर्नका लागि हामी मिल्यौँ । एकदम सही छ । निर्वाचनमा जाँदा पनि मिलेको छ, सरकार चलाउँदा पनि मिलेको छ । चुनाव घोषणापत्र छुट्टा छुट्टै ल्याएको छ । जनताले कसरी जाँच्ने ? भोलि फेरि निर्वाचन हुँदा जनताले आफ्नो उम्मेदवार कसरी निर्वाचित गर्ने ? जनताको अधिकार यसरी अपहरण गर्न पाइन्छ ? जनताको मानसिक शोषण यसरी गर्न पाइन्छ ? पाइँदैन ।’

सांसद गौतमले शासन आफ्नो हातमा लिन जे पनि गर्ने परिपाटी अन्त्य गर्न जरुरी रहेको बताए ।

Leave a Reply

Company Information

फेन्डसिप जनसेवा मिडिया प्रा. लि.
(Friendship Jana Sewa Media Pvt.Ltd.)
अध्यक्ष /संचालक: राजन मगर
म्यानेजिङ डाइरेक्टर / संचालक: रमेश बसेल
सम्पादक: दिपक मिजार (गैरे)
सुचना तथा प्रसारण विभाग दर्ता नं
2999-2078/79

Contact Information

Friendship Jana Sewa Media Pvt.Ltd.
Kathmandu, Nepal

015918966, 9851118966
info@janasewanews.com
janasewanews@gmail.com
www.janasewanews.com